Breaking

पूर्व तयारी भएका आयोजनालाई मात्र सरकारले बजेट छुट्याइने


काठमाडौँ — सरकारले आउँदो आर्थिक वर्षमा तयारीका सम्पूर्ण चरण पूरा भएका आयोजनामा मात्र बजेट विनियोजन गर्ने भएको छ । तयारी बिनै ठेक्का गर्दा आयोजना निर्माणमा ढिलाइ हुन थालेपछि सरकारले पूर्व तयारी पूरा भएको आयोजनालाई मात्र नीति तथा कार्यक्रममार्फत बजेट दिने निर्णय गरेको हो । आज (शुक्रबार) आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाको कार्यान्वयनमा प्राथमिकता दिइने बताए ।

आयोजना वर्गीकरण निर्देशिक बमोजिम तीन तहमा सञ्चालन हुने आयोजनाको वर्गीकरण गरी बजेट व्यवस्था गरिने छ,’ पौडेलले भने मध्यमकालीन खर्च संरचना र परियोजना बैंकलाई तीनै तहमा संस्थागत गरिने छ । विकास आयोजनाहरूको अनुगमन तथा मूल्यांकनलाई नतिजामूलक बनाइने पौडेलले बातए ।