Breaking

तामझाम नगरी सामान्य रुपमा राष्ट्रपति पौडेल संसद जाने


काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल आज (शुक्रबार) सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन जाँदा तामझाम नगरी सामान्य रुपमा जान् भएको छ । पौडेलले आज संघीय संसद (राष्ट्रिय र प्रतिनिधि सभा) को संयुक्त बैठकलाई अपरान्ह ४ बजे संसद भवन नयाँ बानेश्वरमा सम्बोधन गर्ने छन् । त्यस क्रममा राष्ट्रपति पौडेल बिना तामझाम जाने छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलले कुनै तामझाम नगरी संसद भवन जाने ब्यवस्था गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

बिगतमा राष्ट्रपतिहरु सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न जाँदा तामझामका साथ सडक अवरोध गरेर जाने गरेकोमा पौडेलले भने सामान्य रुपमा संसद पुग्ने व्यवस्था गर्न निर्देशन दिएका हुन् । सडक अवरोध गरेर र सर्वसाधारणले सास्ती पाउँदा बिगतका आम नागरिकले असन्तुष्टि ब्यक्त गर्ने गरेका थिए । त्यसकारण पौडेलले नागरिकले सास्ती पाउने गरी तयारी नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।