Breaking

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु ,२ जना घाइते


काठमाडौँ – रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना भने घाइते भएका छन् । मृत्यु हुनेमा

मुसिकोट नगरपालिका- १४ का १८ बर्षका हेमराज ओली रहेका प्रहरीले जनाएको छ ।

रा १ त ३७९० नम्वरको ट्याक्टर बिहिवार बेलुका सानीभेरी गाउँपालिका-९ को खारखोलामा अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख नमराज भट्टराइले जानकारी दिए ।

दुर्घटनामा मुसिकोट नगरपालिका-१४ का चन्द्रबहादुर खड्का र सानीभेरी गाउँपालिका-११ का शेरबहादुर विक घाइत भएका छन् । घाइते मध्ये खड्काको रुकुमको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ भने विकलाई नेपालगञ्ज लगिएको छ ।