Breaking

भण्डाफोर गर्छु भनेका ओली कहाँ गए ? प्रचण्डलाई दिएको चुनौतीबाट पछि हट्यो एमाले ! शिर्ष नेतामा तालमेल


काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा धमाधम आफ्ना मात्रै मान्छे पक्राउ पर्न थालेपछि रन्थिनिएका एमाले अध्यक्ष केपी शर्मा ओली उच्चस्तरको दौडधुपमा व्यस्त बने । वाहिर चर्को वोली र भित्र मिलेमतोमा लागि परेका उनको दौड जारी रहदाँ टोपबहादुर फरार थिए भने बाहिर नेताहरु आरोप प्रत्यारोपमा । यहि सिलसिलामा जेठ ४ मा संसदमा तत्थ्यसहित प्रस्तुत हुने बताएका ओली त्यसबाट पनि पछि हटेका छन । नक्कली भुटानी शरणार्थी प्रकरणमा सुरुवातताका सवैभन्दा वढि दवाव खेपेको एमालेका अध्यक्ष केपी शर्मा ओलीको दौडधुप ह्वात्तै बढेको थियो । एकातर्फ कांग्रेसका नेता मुछिएको वयान नै हटाएको खवर पाउनु अर्कातर्फ धमाधम आफ्ना नेता निशानामा पर्नुले चिन्तामा परेका उनले प्रधानमन्त्रीसंगको भेट बाग्लो बनाए ।

यहिबीचमा उनका नेता तथा तत्कालिन गृहमन्त्री रामबहादुर थापा तथा आफैले अख्तियार प्रमुख बनाएका प्रेमकुमार राईको नाममा आएका खवरले अर्को टाउको दुखाई थपिदियो । फलत ः कसरी विषयान्तर गर्ने चिन्ताले पेलिएका उनले बारम्बार आफ्ना नेतामाथि षडयन्त्र भएकै रुपमा अथ्र्याए भने सरकारले अनुसन्धानमै गोलमाल गरेको भाष्य निर्माणमा लागि परे । जहाँ आफू कसैगरे पछि नहट्ने भन्दै प्रधानमन्त्रीले सुरु गरेको दवावको राजनीति र आफ्नै वोली काटेर फरार भएका टोपबहादुर रायमाझिलाई लिएर मिडियाको प्रश्न समेत तिखा बनिरहेका थिए । बाहिर आए पक्राउ परिने डरले भागिरहेका टोपबहादुर र आर्जु राणा र मन्जु खाँणकै नाम नजोडिएसम्म नमिलेको राजनीतिकस्तरको तालमेलले माहोल अझ प्रतिकुल बनेको थियो ।

यसरी चौतफी घेरिएका ओलीले जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोल्ने बताएका थिए । बिहीबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो प्रकरणमा आफुले तथ्यहरु खोजिरहेको भन्दै जेठ चार गते संसदमा बोल्ने क्रममा त्यो तथ्य खोल्ने मात्र बताएनन् कि यसलाई भण्डारफोरकै रुपमा ल्याउने संकेत गरेका थिए । प्रधानमन्त्रीले टेलर मात्र भनेको भन्दै पुरा फिल्म नै चुनौती दिदै आएका उनले यो प्रकरणलाई लिएर हिरो हुन खोजेकोसम्म आरोप लगाउन भ्याए । सरकार प्रति नै निकै आक्रमक बनेका उनले यो भाषणमा कुन शरणर्थीका नाममा कहाँको को मान्छे नक्कली शरणार्थी बनाएर पठाइयो ? कसले पठायो ? को संलग्न छ समेतको तथ्य प्रस्तुत गर्ने बताएका थिए ।

तर यो वीचमा प्रधानमन्त्री र ओलीवीच भईरहेको भेटले निष्कर्ष दियो । एमालेले अड्काएको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस भए । ओली कै अड्को थापेपछि संसदमै अड्किएको संवैधानिक परिषद् सम्बन्धि विधेयकलाई अघि बढाउने सहमति आइतबार भयो । त्यस्तै यहिवीचमा एमालेले तीन समितिको नेतृत्व गर्ने भयो । कार्यकर्ता विरुद्धका मुद्धा फिर्ता गर्न अघि सारिएको विधेयक, संक्रमणकालिन न्याय सम्बन्धिको विधेयक र नागरिकता विधेयक पनि अघि बढाउने विषयमा शेरबहादुर देउवा ओली र प्रचण्डवीच सहमति भयो ।

अनि ११ दिन गायब भएर भारत पसेको भनिएका टोपबहादुर काठमाडौंमा पक्राउ परे । जसलाई चर्को वार्गेनिङको वीचको सवैको जितको अवस्थाका रुपमा तथा व्यवस्थापनको रुपमा हेर्दा विहिवारको संसदमा ओली संसदमै उपस्थित नभएपछि उनको पूर्वघोषणा पनि अधुरो बनेको छ । यसलाई स्वास्थ्य समस्यालाई कारण देखाँउदा एमाले नेताहरुले प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यसूची तय भएपछि ओलीले आफ्नो सम्बोधनको योजना स्थगित गरेको प्रष्टिकरण समेत दिएका छन । तर मिल्दै आएको तारतम्य र पोल खोल्ने भनिएको दिन ओली पछि हटेको यसलाई संयोगमात्र मान्न सक्ने अवस्था भने छैन ।

हुन त प्रधानमन्त्रीभन्दा अघि बोल्न नमिल्ने र पछि बोल्दा पनि ओझेलमा पर्ने भएकाले उनले नबोल्ने निर्णय लिएका समेत एमाले नेताहरुको तर्क छ । तर प्रकरणको अनुसन्धान अन्त्यतिर आउनु र सदन प्रतिपक्षीको हो भन्दै आगो ओकल्ने ओली चुप बस्नु अर्थपूर्ण छ । अन्यथा उनलाई प्रधानमन्त्रीको प्रश्नोत्तर बारे जानकारी नहुने तथा यसलाई पछि सारेर ओलीले वोल्न सक्ने दुवै सम्भावना नहुने कुरामा विश्वास गर्ने आधार समेत छैन । यद्यपी विरामी भएको कुरालाई नकार्न नसकिएपछि अव कहिले उनले भण्डाफोर गर्छन त भन्ने टुङ्गो लागेपछि पनि यी संयोगहरुको अरु खुलासा हुने छ ।