Breaking

भ्रष्टाचारविरुद्ध वसन्तपुरमा विरोध सभा गर्दै राप्रपा


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भ्रष्टाचारविरुद्ध विरोध सभा गर्ने भएको छ ।

आज काठमाडौँस्थित वसन्तपुरमा विरोधसभा गर्ने तयारी राप्रपाले गरेको हो । राप्रपाले नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोह र संलग्न उच्चस्तरीय नेताहरूलाई कारवाहीका लागि दबाब दिन विरोध कार्यक्रम आयोजना गरेको हो ।

सभालाई पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सम्बोधन गर्नेछन् । यस्तै आजै नेकपा एकीकृतत समाजवादीले पनि नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही गर्न दबाब दिन माइतीघर मण्डलामा प्रदर्शन गर्दैछ ।

सभालाई अध्यक्ष माधवकुमार नेपाल र पार्टीका सम्मानित नेता झलनाथ खनालले सम्बोधन गर्नेछन् ।