Breaking

काठमाडौँमा बिहानैदेखि वर्षा : देशभर कस्तो रहन्छ दिनभरको मौसम ?


काठमाडौँ – आज देशभरका पहाडी भेगमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसो त अहिले पनि काठमाडौँ उपत्यकाका कतै कतै वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकामा दिनभर नै बदली हुनेछ भने घाम देखिने सम्भावना कमै छ ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली ९आकाशमा बादल० रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।

यस्तै राति पनि कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भेगमा आंशिक बदली तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ ।

रातिका लागि बुलेटिनमा अगाडि भनिएको छ– कोशी प्रदेशका थोरै स्थान र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

महाशाखाले आगामी २४ घण्टा (शुक्रबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गरेको छ । त्यसमा भनिएको छ- कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको हुनाले त्यसबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।