काठमाडौँ — उत्तर कोरियाका युवाहरूलाई आफ्ना राष्ट्रप्रमुख किम जोङ उनलाई आदरणीय पिता भनेर सम्बोधन गर्न आदेश दिइएको छ । देशका केही युवाले यो आदेशको कडा विरोध गरिरहेका छन् । उत्तर कोरियाका युवाहरूलाई आफ्ना राष्ट्रप्रमुख किम जोङ उनलाई आदरणीय पिता भनेर सम्बोधन गर्न आदेश दिइएको छ । अमेरिका जस्तो शक्तिशाली देशसँग सिधै टकराव गर्ने शक्तिका रुपमा उदाएका किमजोङले आफ्नो देशको नागरिक युवाहरूले किम पिता भनेर सम्बोधन गर्न आदेश दिएका छन् । किमका बुवा किम जोङ इल र बाजे किम इल सुङलाई पनि आदरणीय पिता भनेर सम्बोधन गरिन्छ ।
३८ वर्षीय किम जोङ उनले आफ्ना पिता किम जोङ इल र बाजे किम इल सुङले जस्तै आफूलाई जनताले आदरणीय पिता भन्नुपर्ने अधिकारलाई वैधानिक बनाउन खोजेका छन । देशको उत्तरपूर्वी प्रान्त नर्थ ह्यामग्योङका एक बासिन्दाले भने, अहिलेसम्म अधिकारीहरूले मिडियामा उत्तर कोरियाली जनताले राष्ट्रप्रमुखको हार्दिक प्रशंसा गर्छन् र उनको कुरालाई पिताकै आदेशका रूपमा पालना गर्छन् भनेर भनिरहेका छन । मे महिनामा दिइएको शैक्षिक भाषणअनुसार १४ देखि ३५ वर्षका युवाहरूले अब ३८ वर्षीय किम जोङ उनलाई आदरणीय पिता भनेर सम्बोधन गर्नुपर्नेछ ।
यद्यपि उत्तर कोरियाका युवाका अनुसार ३८ वर्षका उनलाई ‘पिता’ भन्न उचित लाग्दैन । धेरै उत्तर कोरियालीले बाजे र बाबुको तुलनामा उन धेरै जवान र अनुभवहीन भएको विश्वास गर्छन । त्यसैले यस्ता व्यक्तिलाई पिता भन्नु उचित हुँदैन । उत्तर कोरियाका संस्थापक एवं किमका बाजे किम जोङ इल सुङले सन् १९७६ मा ५५ वर्षको उमेर पुगेपछि जनताका पिताको उपाधि प्रयोग गर्न थालेका थिए । यद्यपि कम उमेरका उत्तर कोरियालीले उनलाई ‘बाजे’ भनेका थिए ।
यसैबीच किम जोङ इलले सन् २०११ मा ५३ वर्ष पुग्दा मात्र यस्तो उपाधि प्रयोग गरेका थिए । उनको मृत्यु पनि त्यसै वर्ष भएको थियो । रियाङगाङका उत्तरी प्रान्त अर्का बासिन्दाले भने सञ्चारमाध्यमले उनीलाई निडर देशभक्त र जोशिला नेताका रूपमा प्रशंसा गर्छन । मिडियाका अनुसार उनी विश्वलाई उत्तर कोरियाको गरिमा र शक्ति देखाउने नेता हुन । त्यसैले अब उहाँलाई पिता भनेर सम्बोधन गरिनेछ । तर उनको यो कदमले युवामा असन्तुष्टि बढ्दै गएको धेरै उत्तर कोरियालीले विश्वास गर्छन् ।
प्रतिक्रिया