Breaking

दाशढुंगा प्रकरणमा एमालेले खोल्यो मुख, ओली भन्छन्,-भण्डारी हत्याकाण्डको रहस्य पत्ता लगाएरै छाड्छौँ


काठमाडौँ —जनप्रिय नेता मदन भण्डारी जीवराम आश्रितको रहस्यमह दुर्घटनाबाट मृत्यु भएको तीन दशक बित्दा पनि यसको सत्यतथ्य बाहिर आउन सकेको छैन । उनै नामको ब्याज आज सम्म पनि खाँदै आएको पार्टी पटक पटक सरकारमा रहे पनि त्यसको उपलब्धि भने शून्य छ । जनताको बहुदलीय जनवाद’ (जबज) सिद्धान्तका प्रतिपादक तत्कालिन एमालेका महासचिव मदन भण्डारीको आज ३० औं स्मृति दिवस मनाउँदै गर्दा उनको रहस्यमय मृत्युको भने अझै खुलासा हुन सकेको छैन ।

जनप्रिय नेता भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगामा दुर्घटना भएको तीन दशक बितिसक्दा पनि त्यसको पर्दा भने बन्दको बन्दै छ । भण्डारीकै उत्तराधिकारी भएर पार्टी नेतृत्व गरिरहेकाहरु अझै पनि उनैको नाम भजाएर खाइरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल देशको कार्यकारी ओहोदामा पुगिसकेका छन् भने, उनीकी श्रीमती विद्यादेवी भण्डारी पनि राष्ट्रपतिमा दुई कार्यकाल बिताइसकेकी छन् । तर, पनि मदन भण्डारी दुर्घटनाको रहस्योद्घाटन हुन सकेको छैन । उनैको खरानी बचेर राजनीतिमा रमाइरहेकाहरु भने समय आए पछि सत्यतथ्य आउने भन्दै नागरिकलाई गुमराहमा राखिरहेका छन् ।

मदन भण्डारीको नियोजित तरिकाले षड्यन्त्र पूर्वक हत्या गरेको एमाले आफै स्वीकार्छ । तर, यसबीचमा ६ पटक सत्तामा पुगिसकेको एमाले नेतृत्वले मदन–आश्रित दुर्घटना अनुसन्धान प्रक्रिया अघि बढाउन सकेको छैन। तर रहस्यमय दुर्घटना भन्दै अनुसन्धान गर्छाै र हत्यारालाई कानुनी कारवाही गर्छाै भनेर भन्न पनि छोडेको छैन । त्यस्तै मदन भण्डारीकै विचारबाट प्रभावित एकीकृत समाजवादी अहिले पनि सत्तामा नै आसीन छ । तर, भण्डारी दुर्घटनाको खुलासा गर्न अघि बढ्नु पर्ने पार्टी विपक्षीलाई कटाक्ष गर्नमा नै समय बिताइरहेको छ ।

स्वर्गीय भण्डारीले दुनियाँमा कम्युनिष्ट आन्दोलन रक्षात्मक हुँदै गर्दा नेपालमा भने लोकप्रिय बनाउनका लागि राजनीतिक रुपमा मात्रै नभई वैचारिक रुपमा समेत महत्वपूर्ण भुमिका निभाएका थिए । आफ्नो अद्भुत वक्तृत्व क्षमताबाट जनताको मत जित्न सफल भएका उनले पार्टीलाई समेत प्रतिपष्र्धाको राजनीतिमा सफल बनाए । तर,उनकै बलबुतामा पार्टीलाई यहाँसम्म ल्याईपुर्याउँदा पार्टीले भने उनको योगदानको कदर गरेको देखिँदैन । बोलीमा जतिसुकै बखान गरेता पनि व्यवहारमा भने त्यसले कुनै प्रभाव पार्न सकेको छैन ।

भण्डारीको नाम र सिद्धान्तमा ब्याज खाइरहेका पार्टी र तिनलाई सञ्चालन गर्ने नेताहरु सर्वसत्तावादमा रमाइरहेका छन् । देशहितलाई भन्दा आफ्नो स्वार्थलाई माथि राखेर सत्तामा लिप्त नेताहरुलाई स्वर्गिय भण्डारीको दुर्घटनालाई छानविन गरि सत्यतथ्य बाहिर ल्याउन के बाधा अड्चन छ र तीन दशकसम्म पनि यो रहस्यकै विषय बनेको छ । सत्तामा रहँदा वास्ता नगर्ने अनि उनकै अस्तुमा राजनीति गर्नाले यो रहस्यमय दुर्घटना अझै कति दशकसम्म लम्बिने हो भन्न मुश्किल छ ।