Breaking

राष्ट्रपतिको स्वास्थ्यमा उल्लेख्य सुधार


काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । स्वास्थ्यमा सुधार भएसँगै राष्ट्रपतिले नै सरकारको नीति तथा कार्यक्रम बाचन गर्ने भएका छन् । यसअघि राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएकाले प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम बाचन गर्ने सार्वजनिक भएको थियो । तर, राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपतिले गर्नुपर्ने सबै राजकीय कामकारबाहीहरु गरिरहेको र नीति तथा कार्यक्रम पनि संसदमा गएर बाचन गर्ने रातोपाटीलाई बताए ।

राष्ट्रपतिज्यूको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ’,उनले भने,‘उहाँले राजकीय काम कारबाहीहरु सुरुमा स्वास्थ्यकै कारण केही संकुचित गर्नुभएको भएपनि अहिले दायर बढिसकेको छ । अब उहाँ जेठ ५ गते नेपाल सरकारको नीति तथा कार्यक्रम बाचन गर्न पनि संसदमा आउनुहुन्छ । पोखरेलले नीति तथा कार्यक्रम बाचनका लागि राष्ट्रपति आवश्यक तयार भएर बसेको पनि बताए ।