Breaking

कांग्रेसलाई राजनीतिक भन्न पनि मन लाग्दैन : अध्यक्ष ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको परिस्थिति अत्यन्त जटिल रहेको बताएका छन् ।

३१औं मदन (आश्रित स्मृति दिवसको अवसरमा आज बिहान काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलेको राजनीतिलाई मानिसहरुले हल्काफुल्का ढंगले लिन खोजे पनि परिस्थिति जटिल रहेको बताएका हुन् ।

देशलाई यस्तो स्थितिमा पुर्‍याउनुमा नेपाली कांग्रेस र कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भएको आरोप ओलीले लगाएका छन् । कांग्रेस कर्तव्यविमुख भएको भन्दै ओलीले कांग्रेसलाई राजनीतिक संज्ञा दिन पनि मन नलाग्ने बताए ।

यसको अर्थ एमाले एक्लैले यो अभिभारा पूरा गर्नुपर्ने भएको उनले बताए । तर सत्ताको लागि मात्र कसैसँग नमिल्ने उनले बताए । जनताको लागि, सुशासनका लागि र विकासका लागि भने अरुसँग एमाले मिल्न सक्ने उनले बताए ।