Breaking

गठबन्धनको बैठक छाडेर बाहिरिइन् रञ्जिता


काठमाडौँ – बालुवाटारमा सरकारमा सहभागी दलको बैठक चलिरहेको बेला नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी बैठक छाडेर बाहिरिएकी छन् ।

उनी केहीबेरअघि बैठक चलिरहेकै बेला जरुरी काम छाडेको भन्दै बाहिरिएकी हुन् । हिजो सर्वोच्च अदालतले जिल्ला उच्चकै फैसला सदर गर्दै पार्टीका संरक्षक समेत रहेका रेशम चौधरी फैसला यथावत राख्ने फैसला गरेको थियो ।

यसअघि मंगलबार दिउँसो पनि प्रधानमन्त्री प्रचण्डले सरकार समर्थित दस दलको बैठक राखेका थिए ।