Breaking

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी


काठमाडौँ – सरकारमा सहभागी दलको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री निवासमा बिहान १० बजेदेखि बैठक बसिरहेको हो ।

सरकारले यही जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

यसअघि मंगलबार दिउँसो पनि प्रधानमन्त्री प्रचण्डले सरकार समर्थित दस दलको बैठक राखेका थिए । उनले आज बेलुकासम्म नीति तथा कार्यक्रममा लिखित सुझाव दिन समय दिएका थिए ।

जारी बैठकमा सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैद गर्ने जिल्ला अदालतको फैसला नै सदर गरेपछि यस विषयले पनि प्रवेश पाउने नेताहरू बताउँछन् ।