Breaking

पूर्वराष्ट्रपतिले गरिन् मदन भण्डारीको सालिकमा माल्यार्पण


काठमाडौँ – पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छन् ।

बुधबार बिहान ७:३० बजे मदन भण्डारी स्मृति वाटिका महादेवस्थान, कोटेश्वर पुगेर उनले भण्डारीको सालिकमा माल्यार्पण गरेकी हुन् ।

राष्ट्रपतिको कार्यकालबाट बिदा भएपछि यो उनको पहिलो सार्वजनिक कार्यक्रम हो । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको २०५० जेठ ३ गते दासढुंगा, चितवनमा जिप दुर्घटनामा मृत्यु भएको थियो ।

दुर्घटना नभई हत्या भएको अनुमान पनि भएकोमा उनको मृत्युको रहस्य अझै खुलेको छैन ।