Breaking

रेशम चौधरीबारे सर्वोच्चको फैसलाप्रति बाबुरामको विरोध


काठमाडौँ – सर्वोच्च अदालतले पनि सत्ता साझेदार नेपाल उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी रिहा नहुने फैसला गरेपछि पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले विरोध गरेका छन् ।

आठ जनाको ज्यान जानेगरी भएको टीकापुर हत्याकाण्डमा जिल्ला र उच्च अदालतको फैसलाबमोजिम रेशमसहितका व्यक्ति जेल जीवन बिताइरहेका छन् । उक्त फैसलाविरुद्ध उनीहरूले दिएको पुनरावेदनमा सर्वोच्चले पनि मंगलबार जिल्ला र उच्चकै फैसला सदर गरेको हो ।

मुख्य दोषी रेशमसहितको हकमा अभियोग दाबीबाट सफाइ पाऊँ भन्ने उनीहरूको पुनरावेदन जिकिर नपुगेको ठहर सर्वोच्चले गरेको छ । उक्त निर्णयप्रति आक्रोश पोख्दै डा. भट्टराईले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अदालत र न्यायाधीशले पुराना÷विद्यमान कानुन, नजिर, सोच राखेर ‘अपराध’को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउँछन् ।’

यसकारण पुरानाका नजरमा रेशम चौधरीहरूले ‘अपराध’ गरिरहने चेतावनी पनि उनले दिएका छन् । ‘क्रान्तिकारीले पुरानोरविद्यमानसँग विद्रोह गरेर नयाँरभविष्यमुखी सोचरमान्यतारविधि स्थापित गर्न खोज्छन् र पुरानाको नजरको ‘अपराध’ गरिरहन्छन्’, उनले भनेका छन्, ‘इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ । रेशम चौधरी क्रान्तिकारी हुन् ! सलाम !!’