Breaking

सानुको बयानले सनसनी, खाँण र टोपबहादुरले बचाए, प्रेम राई जोडिएपछि संकटमा बादलको भविष्य


काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पाएको अनुसन्धान समय अब दुईदिन बाँकी छ । दुई दिनपछि सरकारी वकिलको कार्यालय मुद्धादर्ता भएपछि अदालती प्रक्रियामा जाने छ । नक्कली भुटानी शरणार्थीको अनुसन्धान अन्तिम चरणमा आइपुग्दा गिरोहका मतियार अभियुक्तले बयानमा धेरै कुरा ओकले । तर अनुसन्धानमा तानिएका पूर्वमन्त्री बालकृष्णखाँण र टोपबहादुर रायमाझीबाट बयान बहकाउन प्रहरी सकसमा परेको छ । थुनामा परेको सातौं पटक सम्म दुई पटक बयान दिएका खाँणको मुखबाट‘हो र होइन’भन्दा अरु निस्किएको छैन । तर प्रहरीले गिरोहसँग गरेको संवाद र लेनदेनको प्रमाण नै फेला पारेपछि बयानमा नआएका धेरै कुरा प्रमाणमा आएका छन् ।

यद्यपी उनकै बयानका आधारमा माथिल्लो तहका अन्य नेता तानिने सम्भावना अब टरेको छ । यता सबै प्रमाण नष्टगरि ११ औं दिनमा पक्राउ परेका टोपबहादुरले दुई दिन बयान दिए पनि‘एस र नो’ मै सीमित बनेका छन् । उनको बयानबाट पनि प्रहरीले ठूलो प्रमाण हात पारेको छैन । तथापी टोपबहादुरले बयानमा आरजुको नाम ओकलेका छन् । प्रहरीले प्रमाणखोजे पछि उनले आफै नाम काड्न आग्रह गरि दिए । मुलतःआफ्नै दम्भमा रहेका उनीहरुले बयानलाई प्रभावित बनाउन अनेक हतकण्डा अपनाएका छन् ।

अहिले सम्मको प्रहरी अनुसन्धानमा गिरोहका मुख्य नाइके टोपबहादुर देखिएका छन् । तर ढिला पक्राउ परेका उनको बयान फटाफट सकिएको छ । छोटो बयानमा उनले पैसा बुझेको अस्वीकार गर्दै भनसुन मात्रै गरिदिएको बताएका छन् । जब कियसको योजनाकारका रुपमा रहेका केशवदुलाल र सानु भण्डारीले टोपबहादुर र बालकृष्णखाँणलाई पटकपटकगरि झण्डै २० करोड बुझाएको बयानओकलेको स्रोतको भनाइ छ । गृहमन्त्रालयकै गाडी प्रयोग गरि बोरामै पैसा बोकेर गृहसम्म पु¥याएको तथ्यपनिउनीहरुबाटै सार्वजनिकभएको छ । यसले बालकृष्णखाँडसबैभन्दाबढी संकटमा देखिन्छन् । यद्यपी टोपबहादुर र अरु आरोपीको बयानपछि मात्रै मुख खोलेका खाँण आफै भने लेनदेनमा अघि सरेको खुलेको छैन ।

प्रहरीको प्रारम्भिक अनुन्धानबाट सतहमा आएको यो गिरोह सम्भवतः नेपालको इतिहासमै सबैभन्दाठूलो हो । जसमा गृहमन्त्रालय नै प्रत्यक्ष संलग्न छ । मंगलबारमात्रै थुनामा रहेका सानु भण्डारी र केशव दुलालल गायतले तत्कालिन गृहस चिवसमेत रहेका अख्तियार प्रमुख प्रेम राईको नाम पनि बयानमा ओकलेका छन् । सञ्चारमा ध्यमलाई स्रोतले दिएको सूचना अनुसार तत्कालिन गृहसचिव राईकै कार्यकक्षमागएर कुराकानी गरेको र उनकै निर्देशनमा गाडीको डिक्कीमादुई करोड ३० लाख रुपैयाँ राखि दिएका बयान उनीहरुको छ ।

योसँगै भ्रष्टाचारको नियाम कनिकाय अख्तियारको प्रमुख रहेका राईलाई पनि अनुसन्धानको दायरामा ल्याएर अनुसन्धान अघि बढाउनु पर्ने दबाबबढेको छ । उनी अनुसन्धानमा आएतत्कालिन गृहमन्त्री रामबहादुर थापाबादल पनि तानिने सम्भावना बलियो छ । तर यो प्रकरणले नागरिकता दिने मन्त्रालय नै नागरिक बेच्न लागि परेको तथ्य सार्वजनिक गरेको छ । जसले नेपालमा संगठित भ्रष्टाचार कति छ भन्ने छर्लङल पारि दिएको छ ।