Breaking

टोपबहादुरनै खेलको मुख्य नाइके, खाँण परे खाडलमा,बादल र प्रेम राईलाई उन्मुक्ति,बयानमा ‘एस–नो’


काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान र बयान चलिरहेको छ । तर चित्तबुझ्दो बयान कसैबाट आएको छैन । त्यसमध्ये पनि यो प्रकरणको मुख्य भूमिकामा रहेका टोपबहादुर रायमाझीको शैली अलि फरक छ । प्रहरीको थुनाबाट अदालतको ढोकामा पुग्दा टोपबहादुर रायमाझीको अनुहारमा छुट्टै चमक थियो । आफुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ११ दिन गायब भएका उनी मानौं कुनै जंग जितेर निस्केका हुन् ।

कुनै आत्मग्लानी, पश्चाताप वा चिन्ताको गुन्जायस नभएका टोपबहादुरले हसिँलो मुद्रामा हात हल्लाउँदा यस्तो लाग्थ्यो, गम्भीर अपराध आरोपीहरु पनि कति शन्तोकको जिन्दगी बाँचिरहेका छन् । टोपबहादुर तीनै पात्र हुन्, जसले नक्कली भुटानी शरणार्थी प्रकरणको गिरोहलाई सरकारको पहुँचसम्म पु¥याउने काम गरेका थिए । यसर्थ उनी यो प्रकरणका नाइके हुन् । गिरोहलाई गृहमन्त्रालयसम्म विस्तार गर्ने काम उनकै नेतृत्वमा भयो । जतिबेला उनी उर्जामन्त्रीको जिम्मेवारीमा थिए । त्यतिबेलै यसका योजनाकार झापाका केशव दुलाल र सुनसरीका सानु भण्डारीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने र त्यसबापत ५० लाख रुपैयाँसम्म असुल्ने पहिलो प्रस्ताव टोपबहादुरलाई गरेका थिए ।

त्यसमा पनि भण्डारी झण्डै ६३ सालदेखि नै टोपबहादुरसँग समन्वय गरि काम गर्दै आएका व्यक्ति थिए । फलतः टोपबहादुरले आफ्नै छोरा सन्दीपसहितलाई मतियार बनाएर तल्लो तहमा मिलाउने काम गरे ।मोटै रकम आउने भएपछि माथिल्लो सहजीकरणमा खटिएका टोपबहादुरले तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई प्रभावमा पारे । राई पनि गृहभित्रको सहजीकरण आफ्नो हातमा लिँदै आफ्नै छोरा निरजलाई मतियार बनाएर सन्दीपसँगै खटाउन तयार भए ।निरज र सन्दीपले तल्लो तहबाट गिरोहसँग पैसा उठाएर बुझाउने काम गर्थे ।

जुन कुरा अहिले उनीहरु पक्राउ परेपछि खुल्दै गएको छ । तर उनीहरुको यो योजनामा एकाएक ट्वीस्ट आयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार ढाल्न प्रचण्ड–माधव सक्रिय बनेपछि संसद् विघटन हुँदै नेकपा भंग भयो । तर टोपबहादुर माउ पार्टी माओवादीमा फर्किएनन् । बादलसहित सरकारमा सहभागि माओवादीका नेताहरु एमालेमै बसे । सायद यही प्रकरणलाई टुंगोमा पु¥याउन सरकारमै बस्नुपर्ने बाध्यतादेखेपछि उनीहरु एमालेमै बसेका थिए ।यद्यपी अनेक जुगाड गर्दै चलेको ओली सरकार अदालतको परमादेशमार्फत ढल्यो ।

देउवा प्रधानमन्त्री बनेपछि गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्न बालकृष्ण खाँण आइपुगे । तर टोपबहादुरसहितको गिरोहले खाँणलाई प्रभावमा पारेरै छोड्यो ।२०७८ असार २९ मा गृहमन्त्री बनेपछि साउन २७ मा खाँणले टेकनारायण पाण्डेलाई गृहसचिव बनाए ।उनीहरुले गिरोहकै लाभमा बनेको बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले बनाएको प्रतिवेदन गायब बनाउनेदेखि फेरबदलसम्मको काम पैसाकै लोभमा गरे । जसमा आरजु राणा र मञ्जु खाँणको समेत भूमिका रहेको जानकारहरु बताउँछन् ।जसको कसुरमा तत्कालिन गृहसचिव पाण्डे पक्राउ परेपछि उनकै बयानका आधारमा अहिले खाँड पनि पक्राउ परेका छन् ।

टोपबहादुर र बालकृष्ण खाँडलाई मात्रै गिरोहले झण्डै २० करोड हाराहारीमा रकम बुझाएको तथ्य विस्तारै खुल्न थालेको छ । टोपबहादुरले सत्तामा झोसेको झिल्कोले सबैलाई पोलेपछि बालकृष्ण हुँदै आरजुसम्मको नाम मुछिएको छ । तर यसको सुरुआती निर्णय प्रक्रियामा गृहप्रशासनको निर्णायक तहमा रुपमा रहेकातत्कालिन गृहमन्त्री बादल र गृहसचिव प्रेम राई अनुसन्धानमा नआएको विषय भने आश्चर्यजनक छ । तत्कालिन सरकारको नेतृत्वसमेत गरेकाले एमाले अध्यक्ष ओलीमाथि पनि प्रश्न उठ्छ ।तर यसको पटाक्षेप पक्राउ परेकाले दिएको बयान र फेला परेका तथ्यबाट सार्वजनिक हुने हो ।

न त बालकृष्ण न त टोपबहादुर, कसैले चित्तबुझ्दो बयान दिएका छैनन् ।सबै प्रमाण नस्ट गरि ११ दिनपछि सार्वजनिक भएका टोपबहादुरले मात्र ‘एस र नो’मा बयान ओकलिरहेका छन् । जसले शंका गरिएकामाथि अनुसन्धान नहुनेमात्रै होइन, सरकारी वकिलको कार्यालयबाटै मुद्धा कमजोर बन्ने सम्भावना बलियो बनेको छ । त्यसले शक्तिको नियन्त्रणमा रहेको अनुसन्धानबाट नाइकेहरुलाई कारबाही हुने सम्भावना टोपबहादुरको हाँसोसँगै विलय भएको देखिन्छ ।