Breaking

गृहमन्त्रालय भ्रष्ट्रचारको अखडा,२६ मन्त्री फेरिदा ५ जना जेलमा,नयाँ र पुराना सवै एकै बाटोमा


काठमाडौँ — देशको गृहप्रशासन सन्चालन र शान्ती सुरक्षा तथा कानुन कार्यान्वयनको थलो गृहमन्त्रालय मालदार मन्त्रालयकै रुपमा लिईन्छ । फलत यहाँ जान नेताहरुको रस्साकस्सी नै हुने अवस्थावीच यहि नेतृत्वमा पुगेकाहरु भने विवादरहित बन्न सकेका छैनन् । शक्ती प्रयोगको प्रसस्त वातावरण हुनाले समेत अधिंकाश गृहमन्त्रीहरु विवादमा पर्ने देखिएको हो । कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री वालकृष्ण खाँण नक्कली शरणार्थी प्रकरणमा हिरासतको हावा खाईरहेका छन ।

उनीसँगै गृहमन्त्री बनेका अरु केही नेताहरुसमेत विवादरहित बन्न नसकेको इतिहाँस छ । २०४६ सालको बहुदलीय व्यवस्था घोषणापछि नेपालमा २६ पटक गृहमन्त्री फेरिए । रेकर्ड हेर्दा अधिंकाश गृहमन्त्री विवादमा तानिए भने केहिले उन्मुक्ति पनि पाए । जसमध्ये ५ गृह मन्त्रीहरुले जेलको हावा नै खादाँ नयाँ भनिएका पार्टीका सभापती नै पनि विवादमा परे ।

मालदार मानिएको र भागवण्डामा सवैको मागमा पर्ने गृहमन्त्रीको पछिल्लो उदाहरण हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पनि विवादमा मुछिए । नागरिकता प्रकरणले संसद पद नै जाँदा उनी त्यहि मन्त्रालय नपाएकै कारण आफ्ना अन्य मन्त्रीसमेत फिर्ता बोलाउने अवस्थामा पुगे । उपनिर्वाचनपछि सत्तायात्राका लागि पनि यसैलाई मुख्य आधार बनाए, तर त्यो सम्भव भए । जसले गृहप्रतिको पुराना नयाँ सवैको क्रेज प्रष्ट पार्दा नारायणकाजी श्रेष्ठले पनि पहिले गृहमन्त्राय नपाउदाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग असन्तुष्टी नै पोखेका थिए । यद्यपी गृहमन्त्रालयमा मन्त्री देखि पियनसम्म अनियमिततामा संलग्न हुने अवस्थालाई भने उनले नेतृत्व सम्हाल्दाताका नै संकेत गरेका थिए ।

देशकै नेतृत्वको आधार तय गर्ने पद समेत मानिने गृहमन्त्रीको ईतिहास हेर्दा २०४८ को आम निर्वाचनपछि नेपाली कांग्रेसको एकल बहुमतमा सरकार गठन हुँदा गृहमन्त्री बनेका शेरबहादुर देउवा हाल ५ पटक देशको प्रधानमन्त्री भइसकेका छन् । त्यस्तै २०५१ सालको मध्यावधि निर्वाचनपछि नेकपा एमालेको अल्पमतको सरकारमा गृहमन्त्री रहेका केपी शर्मा ओली पनि २ पटक देशको प्रधानमन्त्री भइसकेका छन् । त्यस्तै वहालवाला उपप्रधान सहित रक्षामन्त्री पूर्व बहादुर खड्काले पनि २०५६ सालमा गृहमन्त्री बनेका थिए । यीसंगै वर्तमान राजनीतिमा रहेका विजयकुमार गच्छदार, बुद्धिमान तामाङ, वामदेव गौतम, कृष्णप्रसाद सिटौल जस्ता नेताले पनि गृहको नेतृत्व गरिसकेका छन ।

त्यस मध्ये स्व.खुमबहादुर खड्का, गोविन्दराज जोशी, कृष्णबहादुर महरा र बालकृष्ण खाण प्रहरीबाटै पक्राउ परे । वामदेव गौतमलाई सुन काण्डदेखि स्थानीय निकाय निर्वाचनमा चरम धाँधली भएको आरोप लाग्यो भने खड्का, जोशी र गच्छदार भ्रष्टाचार काण्डमा मुछिए । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । लामो समय फरार रहेका उनी सीधै विशेष अदालतमा हाजिर भएका थिए । जो अदालतमा १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

महरामाथि यौन दुव्र्यवहारको आरोप लाग्दा अदालतको आदेशले डिल्लीबजार कारागारमा पुगेका उनले यस मुद्दामा सफाइ पाइसकेका छन् । रामबहादुर थापा बादल विवादरहित गृहमन्त्री बन्न नसक्दा रवि लामिछाने नागरिकता विवादमा तानिए । जहाँ बालकृष्ण खाण भुटानी शरणार्थी प्रकरणमा हिरासतमै छन् । राज्य सञ्चालनको मूल खम्बाका रुपमा रहेको गृहमन्त्रालयसंग सुशासन मात्र नभई जनताको दैनिकी प्रत्यक्ष रुपमा जोडिएको हुन्छ ।

तर त्यहि मन्त्रालयमा देखिएको यो दुर्दशाले राज्यले प्रदान गर्ने कागजातको विश्वनीयता देखि अन्तराष्ट्रिय जगतमा देशको प्रतिष्ठामै आँच आईरहेको छ । अर्थात गृह प्रशासन सन्चालन, शान्ती सुरक्षा कायम गर्ने तालुक मन्त्रालयकै नेतृत्वमा देखिएको यो विचलनले एकातर्फ यसप्रतिको अनुचित क्रेजको पाटो उजागर गरेको छ भने अर्कातर्फ कति नैतिकहिनहरुले हामीमाथि नेतृत्व गरिरहेका छन भन्ने समेत प्रष्ट भएको छ ।