Breaking

नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै दबाबको अघि झुक्दैनौँ: गृहमन्त्री श्रेष्ठ


काठमाडौँ — उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कुनै पनि दबाबमा पछि नहट्ने बताएका छन् । मङ्गलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कसैको दबाबमा पछि नहट्ने बताएका हुन् ।

उनले यस प्रकरणमा नेपाल प्रहरीलाई कसैको पनि दबाबमा नपरिकन काम गर्न निर्देशन दिइएको भन्दै अहिले प्रहरीले निष्पक्षरूपमा काम गरिरहेको उल्लेख गरे । उनले भ्रष्टाचारका अन्य प्रकरणहरूको पनि अनुसन्धान हुने बताएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढाएका छौँ । यस प्रकरणमा प्रहरीलाई प्रारम्भिक चरणदेखि नै कुनै राजनीतिक वा अवाञ्छनीय प्रभावबाट मुक्त राखेर अनुसन्धान अघि बढाउन निर्देशन दिइएको छ । कोही निर्दोष फस्ने काम नहोस् भनेर भनेका छौँ, कसैको छविमाथि आघात नपुगोस् र कोही पनि दोषी नछुटोस् भनेर निर्देशन दिइएको छ, प्रहरी त्यसैअनुसार अघि बढेको छ ।

अनुसन्धानको आधारमा नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरेपछि कानुनी दायरामा ल्याउने सरकारको लक्ष्य छ । सरकारको तर्फबाट कुनै बायसनेस लिइने छैन र सरकार कुनै दबाबको अघि झुक्ने छैन । अनुसन्धानले जहाँसम्म लैजान्छ त्यहाँसम्म सरकार पुग्छ । मन्त्री श्रेष्को भनाई छ ।