Breaking

प्रधानमन्त्रीले सत्तारूढ दलको बैठक बोलाए


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ १० दलको बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्ष ०८०र०८१ सालको नीति तथा कार्यक्रमबारे सुझाव लिन सत्तारूढ १० दलको बैठक आह्वान गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । बैठक दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने भएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी हुने जनाएको छ ।