Breaking

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले सबै संसदीय समितिका बैठक आज सुरू भएकाले अब संसद्ले लय समातेको बताए । प्रधानमन्त्री प्रचण्डले संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यका लागि सभामुख घिमिरेले गरेको प्रयासको प्रशंसा गरे ।

यस क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारकाले यही जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी पनि गराए । उता सभामुख घिमिरेले पनि सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गरे ।