Breaking

युक्रेनमा आक्रमण गर्न रुसले इरानबाट थप ड्रोन किन्ने


काठमाडौँ – अमेरिकाले युक्रेनमा आक्रमण गर्न रुसले इरानबाट थप ड्रोन किन्न लागेको बताएको छ । यसअघि उसले इरानबाट किनेको ४०० ड्रोन प्रयोग गरिसकेको छ ।
बाइडेन सरकारले गत वर्ष स्याटलाइट तस्बिर र गोप्य जानकारी प्रकाशित गरेको थियो । यस अनुसार इरानले रुसलाई हमला गर्न प्रयोग हुने सयौँ ड्रोन बेचेको थियो ।
विगत थुप्रै महिनादेखि अमेरिकी अधिकारीहरूले इरानले रुसलाई सयौँ क्षेप्यास्त्र बेच्ने विचार गरिरहेको बताउँदै आएका छन् । तर, अमेरिकाले यसको प्रमाण फेला पारेको छैन ।
ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष जोन किर्बीले भने, ‘इरानले रुसलाई लगातार एकतर्फी आक्रमण गर्ने युएभीहरू दिइरहेको छ ।’ यो आपूर्ति अघिल्लो वर्ष अगस्टदेखि नै जारी छ । इरानले रुसलाई ४०० साहेद युएभी दिएको छ ।’
उनले भने, ‘रुसले यी सबै ड्रोन प्रयोग गरिसकेको छ । यसको प्रयोग युक्रेनका महत्त्वपूर्ण भवन, पुल र सडकजस्ता आधारभूत संरचनामा हमलाका लागि भएको छ ।’