Breaking

दोषी जोगाउन षड्यन्त्र भए इतिहासले माफी दिने छैन : रावल


काठमाडौँ – नेकपा एमालेका नेता डा. भीम रावलले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधमा संलग्नलाई जोगाउन खोज्नेलाई इतिहासले माफ नदिने बताएका छन् ।

उच्च राजनीतिक तहबाट दोषी जोगाउन षडयन्त्र भइरहेको समाचार प्रकाशित भएपछि प्रतिक्रिया जनाउँदै उनले यस्तो बताएका हुन् ।

सञ्चारमाध्यममा ठगी कसुरमा मात्रै मुद्दा चलाएर मुद्दा कमजोर पार्न प्रहरीलाई उच्च राजनीतिक दलको दबाबको समाचार प्रकाशित भएपछि उनले त्यसो गर्नु आफैमा अपाराधिक भएको बताए ।

उनले भनेका छन्, ‘राजनीतिक वा प्रशासनिक तहको व्यक्तिले त्यसो गरेमा देश र जनताप्रति गद्दारी,शहीदको रगतको अपमान,संविधान,कानून र शासन प्रणाली मिच्ने अपराधिक कर्म हुनेछ,इतिहासले माफी दिने छैन ।’