Breaking

राप्रपा बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल गरिँदै


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

बैठक सोमबारदेखि सुरु भएको हो । हिजो अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आज उक्त प्रतिवेदनमाथि छलफल गरिने बताइएको छ ।