Breaking

एमालेले मधेश सरकारलाई दिएको समर्थन लियो फिर्ता


काठमाडौँ नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सरकारबाट बाहिरिएको दुई महिनापछि एमालेले समर्थन पनि फिर्ता लिएको हो ।

२ चैतमा मधेश सरकारबाट बाहिरिएको एमालेले समर्थन भने कायमै राखेको थियो ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग २५ सांसद छन् ।