Breaking

शरणार्थी प्रकरण : टोपबहादुरको बयान सकियो


काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान सकिएको छ । 
एमालेका निलम्बित सचिव रायमाझीको बयान सोमबार राति अबेर सकिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

आइतबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरको बयान सोमबार थालेर त्यही दिन अबेर राति सकिएको हो । 

उनले सरकारी वकिल लक्ष्मण घिमिरे, न्यायाधीश केशवप्रसाद अधिकारीसँग आफूलाई हर्निया भएको, हिरासतमा प्रहरीले रातभर सुत्न नदिएको बताए ।

रायमाझीबारे अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । 

अब रायमाझीलाई बुधबारसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाउनेछ भने सोही दिन अदालत हाजिर गराउनेछ ।

यसअघि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई काठमाडौं जिल्ला अदालतबाट आइतबार अनुसन्धानका लागि ४ दिन म्याद थप भएको छ ।