Breaking

१० संसदीय समितिका बैठक आज एकै समयमा बस्दै




काठमाडौँ – प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिका बैठक आज बिहान बस्दैछन् । सबै समितिका बैठक बिहान नौ बोलाइएको छ ।

प्रतिनिधिसभा गठन भएको छ महिनासम्म पनि मिनी संसद भनिने संसदीय समितिहरू क्रियाशील थिएनन् ।

सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भनी बिहान नौ बजे १० वटै समितिका बैठक राख्न सुझाव दिएका थिए ।

सभामुखको सुझावअनुसार प्रतिनिधिसभा मातहतका सबै विषयगत समितिका बैठक एकैसाथ राख्ने तयारी भएको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

प्रतिनिधिसभा मातहत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समिति छन् ।