Breaking

ढुक्क आरजु ! गृहमन्त्रीलाई चुनौती,स्वर्णिमले देखाईदिए हालत,मञ्जु भाग्दा आत्मविश्वासको आधार के ?


काठमाडौँ — पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा भ्रष्टाचारसहित विभिन्न प्रकरणमा जोडिँदै आएको नाम हो । पार्टी छोड्नेदेखि उनका निकटसमेतले उनलाई भ्रष्ट महिलाको रुपमा चित्रण गर्दै आएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमासमेत उनको नाम जोडिएपछि उनी केही दिनदेखि त्यसको खण्डनमा खरो रुपमा उपस्थित हुँदै आएकी छिन् । विभिन्न प्रकरणमा आफ्नो नाम जोडिँदा विगतमा चुप बसेकी उनी अहिले भने सदनमासमेत त्यसको खण्डनमा उत्रिएकी छिन् ।

उनले दिएका पछिल्ला अभिव्यक्तिहरु किन निर्धक्क देखिन्छ ? सर्वोच्च अदालतको परमादेशले संविधानको धारा ७६ को ५ अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री बन्दा ‘फस्ट लेडि’ बनेकी आरजु राणाको शक्ति त्यतिबेलादेखि नै हो ह्वात्तै बढेको छ । शक्तिशाली नेताको सहारा लिएर आफ्नो राजनीति अगाडि बढाउन खोज्नेहरू कमजोर हुँदै गएका बेलै तत्कालिन प्रधानमन्त्री देउवा पत्नी भएकै आधारमा आरजुले आफ्नो शक्ति विस्तार गर्न थालेकी हुने ।

हुन पनि कांग्रेस निकट उद्योगपति, ठेकेदार र व्यापारीको दरिलो साथ पाएकी उनलाई सरकार र पार्टीमा प्रभाव बढाउन सहज हुदै गयो ।प्रशासनिक संयन्त्रदेखि पार्टीभित्रै प्रभाव बढाइरहेकै कारण भाउजुले टाउको नहल्लाई काम नहुने अवस्थामै कांग्रेस पुगेको थियो । जुन अहिलेसम्म जारी रहदाँ खुरुखुरु प्रधानमन्त्री भईरहने देउवा र उनकै चावीका रुपमा रहेकी आरजु अहिलेसम्म बाहिर आएका अधिंकाश काण्डमा कहिँकतै जोडिएकै हुन्छिन् । जसमा निर्वाचन बर्षका रुपमा रहेको २०७९ मा त झन टिकट वितरणदेखि पार्टीका हरेक निर्णयमा भाउजु रिझाउनुको विकल्प नै थिएन ।

अन्तराष्ट्रिय स्तरमा पनि रक्षाबन्दनको रणनीति अघि सारेकी उनकै कारण स्वर्णिम वाग्ले जस्ता ठाँउमा विश्व पौडेलले बारम्बार मौका पाए भने पार्टीको यो हालत हुनुमा पनि उनकै चरित्रलाई मुख्य कारण मानिदै आएको छ । यतिमात्र नभएर सिसिटिभी फुटेज प्रकरणमा जनार्दन शर्मा मुछिँदा त्यसको योजनाकारका रुपमा आरजुकै नाम जोडियो । संसदीय दलको निर्वाचनमा गगन थापा हराउन लागि परेकी उनले भोट हालेको फोटो खिचेरै पठाउन आदेश दिएको खबरसमेत बाहिरियो ।

छोराको व्यवसायसंग जोडिएको राजस्व हेरफेरमा पनि उनी तानिइन् भने शिक्षामा माफियाकरण गर्ने र महङ्गो निजि विद्यालय सन्चालको विषयमा पनि उनको नाम अग्रपङक्तीमै आयो । यतिमात्र नभई भर्खर मन्त्रालय विस्तार हुदाँ उनकै अडानमा मोहन बस्नेतले स्वास्थ्यमन्त्री पाएको विषयमा पार्टीभित्रै कुरा उठ्दा स्वर्णिम वाग्लेले त उनको दवदवा र अनियमितताको फेहरिस्त नै प्रस्तुत गरे । यतिका आलोचना र विवादको केन्द्रमा रहदाँ नक्कली भुटानी शरणार्थी प्रकरणबाट समेत उनी पर बस्न सकिनन् ।

विगतमा विभिन्न प्रकरणमा आफ्नो नाम जोडिँदा मौन बस्ने गरेकी आरजु नक्कली भुटानी शरणार्थी प्रकरणमा भने त्यसको प्रतिवाद गर्दै आएकी छिन् । केही दिनअघि प्रचण्ड, ओली र देउवाबीचको तारन्तारको छलफलपछि आरजुको हौसला बढेको विषयलाई आश्चर्यजनक रुपमा लिने गरिएको छ । यो प्रकरणमा टोपबहादुर रायमाझि भागेर लुकेर बसे भने एमाले अध्यक्ष केपी शर्मा ओली आफ्ना नेता जोगाउन प्रचण्डसँग निरन्तर सम्पर्कमै रहे ।

यो प्रकरणमा कांग्रेसका नेताहरुले पनि आफूविरुद्धको आरोपको खण्डन गरिदिने अपेक्षा आरजुको थियो । तर, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा एवम् अरु प्रभावशाली नेताहरुलेसमेत चुईंक्क नबोलिँदिँदा आरजु दोषी नै हो भन्ने भान जनतामा पर्न गएको थियो । कांग्रेसकै नेताहरु शेखर कोइराला र सुजता कोइरालाको नाम मुछिँदा कत्तै चर्चा नभएको तर आफूविरुद्ध भइरहेको प्रवाहलाई नेताहरुले पनि मुख खोलेर सहयोग नगरेको देखेपछि आरजु आफैं प्रतिवादमा उत्रिएकी हुन् ।

आरजुको सामाजिक सञ्जालमा एउटा अडियो पनि भाइरल भएको थियो, जसमा अज्ञात व्यक्तिले मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवालाई करोडौं रुपैयाँ दिएको दाबी गरिएको छ । आधिकारिकता पुष्टि नभएको यहि अडियोको डरले उनी सहयात्री मन्जु खाँण भारत हुदै अष्टेलिया पुगेकोसम्मको आशंका गर्न पछि परेकी छैनन् । बालकृष्ण प्रहरी हिरासतमा पुग्ने वित्तिकै मन्जु सम्पर्कवीहिन हुँदा आरजु भने संचारमाध्यम र सदनमार्फत आफू बचाउमा उत्रिएकी छिन् ।

आफ्नो चरित्रमा ‘बलात्कार’ भएको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै उनले देशमा ‘फेक न्युज’ र ‘फेक मिडिया’ पराकाष्ठामा पुगेको बताउन थालेकी छिन् । उनी यसलाई एक महिलाले राजनीतिमा गरेको प्रगतीको आरिसका रुपमा अथ्र्याईरहेकी छन यो प्रकरणमा आफ्नो नाम जोडिएकोविरुद्ध निकै आत्मविश्वासी रुपमा प्रस्तुत भईरहेकि उनी उनले आफू हार खाने महिला नभएको भन्दै सदन नै थकाईरहेकी छन ।

हुन त सरकारी संयन्त्रकै निकम्मापनले प्रमाण नष्ट गरेपछि हुंकार गर्ने तथा आफूले करोडौ हान्देकै हो भन्ने आत्मविश्वास यसअघि पनि धेरै नेताले नदेखाएका होइनन् । भावनात्मक राजनीति गर्न माहिर उनीहरु आफूमाथि प्रश्न उठेपछि ‘तामा तुलसी’को रणनितिमा लागेको घटना पनि नौलो हैन । जसमा नयाँ पात्रका रुपमा देखिएकी आरजु
अव भिडेरै जित्ने बाटोमा अघि बढेकी छिन ।

उनमा देखिएको आत्मविश्वास निर्दोष भएकै कारण हो या त लाज पचाउने राजनीतिक उपजमात्रै हो त्यो हेर्नै बाँकी छ । पूर्वप्रधानमन्त्री एवम् पतिशेरबहादुर देउवाकै आडभरोसाले आत्मबल बढाएको हो भने त्यो दिर्घकालीन नहुन सक्छ । यद्यपी यो प्रकरणमा जतिसक्दो छिटो सत्यतत्थ्य छानविन हुन जरुरी छ ।