Breaking

शरणार्थी प्रकरण, गृहमन्त्री र प्रधानमन्त्री नै दवावमा, अन्तराष्ट्रिय छविमा संकट


काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणले राष्ट्रिय राजनीति जति तरंगित छ, अन्तराष्ट्रिय चासो पपिन त्यति नै बढ्दो छ । यो विषय अन्तराष्ट्रिय चासो सहित मुद्धा समेत बनेको छ भने पूर्वगृहमन्त्री सहित उच्च पदस्थ व्यक्ति नै अनुसन्धानमा तानिनुले देशको प्रतिष्ठामाथिसमेत प्रश्न उठेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला राजनीतिक दलका शीर्ष नेता नै अनुसन्धानको घोरामा तानिएपछि राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय चर्चाको विषय बनिरहेको छ । सदन र सडक यहि प्रकरणले तरंगित बनिरहेको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकासहित तेस्रो मुलुक पठाईदिने गिरोहमा पूर्व पूर्वउपप्रधानमन्त्री र पूर्वगृहमन्त्री नै पक्राउ परेका छन् भने थप आरोपितलाई पनि प्रहरीले खोजिरहेको छ ।

यसवारे विदेशी समुदाय, सम्बद्ध कुटनीतिक नियोग एवम् अन्तराष्ट्रिय संस्थाहरुले वक्तव्य निकाल्ने वा औपचारिक बोल्ने गरेको छैन, तर अप्रत्यक्ष रुपमा यसको गम्भीर लेखाजोखा गरिरहेका छन् । भुटानी शरणार्थीलाई नै पुर्नवास गराएका युरोपेली मुलुक, क्यानडा र मुख्यत अमेरिकाले नेपालको पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेका छन् । नेपालस्थित शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (यूएनएचसीआर) ले देखाएको चासोबाट पनि यो प्रकरण अन्तर्राष्ट्रिय जगतमा फैलिएको देखिन्छ । सत्तारुढ दलकै सांसदहरु यो विषय यत्तिकै सेलाउन अवस्थामा नरहेको बताउँछन् ।

यो प्रकरणको अनुसन्धानमा अमेरिकी अनुसन्धान व्यूरो फेडरल व्यूरो अफ इन्भिेटिगेशनले नै अनुसन्धान गरिरहेको विषय पनि बाहिर आएको छ । आन्तरिक राजनीतिक वृत्तमा यो प्रकरणले जसरी उथलपुथल मच्चाएको छ संयुक्त (यूएनएचसीआर)ले पनि गहिरो गरेर नियालिरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको विषय अन्तर्राष्ट्रियरुपमा फैलिएसँगै राप्रपाका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन प्रमुख राजनीतिक दलका कारण मुलुक गम्भीर संकटमा फैलिएको र अन्तर्राष्ट्रिय स्तरमा पनि नराम्रो छाप परेको बताउँछन् । वैदेशिक सम्बन्धलाई सत्ता आरोहणको रुपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण नेपालको वैदेशिक सम्बन्ध पूर्ण रुपमा खल्बलिन पुगेको उनको तर्क छ ।

नक्कली भुटानी शरणाथीए प्रकरणबारे अन्तराष्ट्रिय सञ्चारमाध्यमलेसमेत समचार सम्प्रेषण गरिरहेको छ । यो प्रकरणमा उच्च पदस्थहरुकै संलग्नले अन्तराष्ट्रिय स्तरमा लज्जाबोध गराएको धेरैको तर्क छ । यो प्रकरणले अन्तराष्ट्रियस्तरमा मुलुकलाई नङग्याउने काम भइरहेको भन्दै परराष्ट्र मामिलाका जानकारहरु चिन्ता व्यक्ति गरिरहेका छन् ।

२०२२ को विश्वव्यापी भ्रष्टाचारको सूचकांक अनुसार नेपाल ११७ औं स्थानमा छ । नेपाल अझै पनि अतिकम विकसित मुलुकहरु (एलडीसी) को सदस्य मुलुक छ । नेपालमा भ्रष्टाचारका कारण विकासले गति लिन नसकेको भनेर चिन्ता व्यक्त भइरहेको छ । यहि अवस्था रहे अझै केही वर्ष विकासले फड्को नमार्ने नश्चित प्राय छ । अन्तराष्ट्रिय रुपमै मुलुकको साख खस्काउने अपराध त भएको छ नै यसले थप लज्जित हुनुपर्ने अवस्था समेत बनेको छ ।