काठमाडौँ — नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा प्रहरी कार्यालयमा उपस्थित भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले वयानका क्रममा संलग्नता रहेको बताएपछि पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि शेर्पाले प्रहरीसामू आत्मासमपर्ण गर्ने योहो खबरलाई जानकारी दिएको केही समयपछि आफैँ प्रहरी परिसर काठमाडौँ उपस्थित भएका हुन् ।
रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर उनको खोजी गरिरहेको थियो । नेपाली काँग्रेसका नेता समेत रहेका शेर्पाले प्रहरी हिरासतमा रहेका अन्य आरोपीहरुलाई भेटेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । उनले आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ ।
प्रतिक्रिया