Breaking

आरजुको आत्मविश्वास, सदनमा गृहमन्त्रीमाथि नै प्रश्न –प्रचण्ड ओलीको अडिओ कहाँ छ ? (भिडियो सहित)


काठमाडौँ — नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर बदनाम गरेको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले फेक अडियो बनाएर आफूलाई बदनाम गरिएको बताएकी हुन् ।

उक्त अडियोको फरेन्सिक जाँच गर्न ६ दिनअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर क्राइम सेलमा निवेदन दिए पनि अहिलेसम्म जवाफ नपाएको देउवाले बताइन् । महिलालाई राजनीतिमा आउँदा धेरै समस्याको सामना गर्नुपर्ने भन्दै आफूले ब्यहोरिरहेको बताइन् । ‘वुमनलाई पोलिटिक्समा आउँदा सबै कुरा ब्यहोर्न सक्नुपर्छ, म ब्यहोरिरहेको छु ।

भिडियो हेर्नुहोस