Breaking

संसदलाई टोपबहादुर रायमाझी पक्राउ परेको सूचना


काठमाडौँ — नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा सुनाएका छन् । प्रहरीले रायमाझीलाई गएराति बुढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको थियो ।

प्रकरणमा टोपबहादुर रायमाझीका छोरा सन्दीप पनि पक्राउ परेका छन् । टोपबहादुरलाई म्याद थपका लागि आजै अदालतमा उपस्थित गराइएको थियो ।