Breaking

अनुसन्धानमा नयाँ तंरङ, ठुला नेता तानिदै ? बालकृष्ण र टोपबहादुर के बके ? देउवा–ओलीलाई हाईसन्चो (भिडियो सहित)


काठमाडौँ — अन्तराष्ट्रिय चासो समेत बढ्दै गएको नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ र अनुसन्धानक्रममा ठुला माछाका रुपमा वालकृष्ण खाँण देखिएका छन् । त्यसपश्चात पक्राउ पर्दा पूर्व सांसद तथा मन्त्री टोपबहादुर रायमाझि छन् तर प्रहरी अनुसन्धान जारी रहेपनि अदलातबाट फैसला हुँदासम्म भीआईपीहरुले उन्मुक्ति पाउने संसय देखिएको छ । सामाजिक सन्जाल र सन्चारमाध्यममा आफ्नो नाम पनि आएपछि सफाई दिदै हिडेकी कांग्रेस नेतृ आरजु राणाले आफ्नो भन्दै भाईरल भएको अडियो बारे अनुसन्धान, कारवाहीका लागि उजुरी नै दिईन ।

संगै नाम जोडिएकी मञ्जु खाँण फरार रहेको चर्चा छ । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा विरुद्ध पक्राउ पुर्जी नै जारी भएको छ । उता वहालवाला सचिव टेकनारायण पाण्डेले हिरासतको हावा खान थालेको झण्डै दुई हप्ता पुग्दा टोपबहादुर रायमाझि पनि फरार नै छन् । यद्यपी यहिवीचमा सत्ता पक्षकै नेता तथा पूर्व गृमन्त्री वालकृष्ण खाँणको पक्राउ परेपछि प्रहरीले आफ्नै गतिमा काम गरिरहेको आशा पलाएको छ ।

भिडियो हेर्नुहोस्