Breaking

…त्यसपछि आरजुले पेस्तोल निकालेर कन्चटमा तेस्र्याइन् (भिडियोसहित)


काठमाडौँ – नक्कली शरणार्थी प्रकरणमा धेरैको नाम जोडिएकोमा केही उच्च पदस्थव्यक्तिहरु पनि पक्राउ परेका छन् । यो प्रकरणमा नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवामाथि पनि नाम जोडिएको छ । यसै विषयमा योहो टेलिभिजनको सत्यसंवाद कार्यक्रममा देउवाले तत्कालिन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन शुरू गर्ने बेलामा शेरबहादुर देउवालाई पक्रन आएका सिपाहीलाई तर्साउन बन्दुक निकालेको घटना सुनाएकी छिन् ।

उनले भनेकी छिन्, ‘राजा ज्ञानेन्द्रले मेरो श्रीमानलाई पक्राउ गर्न निवासको सबै बत्ति निभाएर सिपाही पठाएका थिए । सिपाहीसँग एरेस्ट वारेन्ट थियो । त्यो बेला म एकदमै टेरोराइज भएको थिएँ । मैले आफ्नो बन्दुक निकालेको हो । मेरो श्रीमानलाई लग्यो भने आफूले आफैलाई मार्छु भनेको थिएँ ।’ प्रश्नकर्ता जीवराम भण्डारीले बन्दुक निकाल्नु भयो, लाइसेन्स वाला ? भन्ने प्रश्नमा आरजुले भनिन्, ‘लाइसेन्स वाला बन्दुक मेरो दाइजोमा आएको थियो । आफ्नो विवाह गर्ने सोच नरहेको र बुढेसकालमा चाहिन्छ भनेर बन्दुक किनेकी थिएँ ।’


हेर्नुहोस् भिडिओमा