काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक क्षेत्रमा फड्को हान्ने गरी काम नगरे आम नागरिको अवस्थामा परिवर्तन नहुने बताएका छन् । सोमबार पार्टी निकट निजामती कर्मचारी संगठनको कार्यक्रममा उनले अब सामान्य सुधारले मात्र नपुग्ने भन्दै आमुल सुधार आवश्यक पर्ने बताए । ‘हरेक क्षेत्रमा रेडिकल रिफर्म भन्न मन पराउछु म, आमुल सुधार, सामान्य सुधार होइन’ उनले भने, ‘संरचनात्मक रुपान्तरणको आवश्यकता देखिएको छ’ उनले भने ।
राजनीतिक क्षेत्रमा महत्वपूर्ण उपलब्धी भए पनि त्यसै अनुसार नागरिकको आर्थिक र सामाजिक रुपान्तरण हुन नसकेको प्रधानमन्त्री प्रचण्डले बताए । ‘यसले जनतामा निराशा पैदा भएको साँचो हो । हामीले व्यवस्था बदले पनि अवस्था बदल्न केन्द्रित हुन सकेनौं । यसका लागि सबै क्षेत्रमा फड्को मार्ने किसिमले काम नगरी आम नागरिकको अवस्थामा परिवर्तन हुने देखिएको छैन’ उनले भने ।
प्रतिक्रिया