Breaking

ओलीकै पालामा गडबडी भयो, दोषी भए भोग्न तयार छु : आरजु राणा (भिडियोसहित)


काठमाडौँ — नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी सांसद डा. आरजु देउवा राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो आवद्धता नरहेको बताएकी छन् । योहो टेलिभिजनको सत्य संवाद कार्यक्रम नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएकी हुन् ।

अन्तराष्ट्रिय चासो समेत बढ्दै गएको नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ र अनुसन्धान क्रममा ठुलामाछाका रूपमा पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण र पूर्वमन्त्री एवम् सांसद टोपबहादुर रायमाझी देखिएका छन् । तर प्रहरी अनुसन्धान जारी रहेपनि अदलातबाट फैसला हुँदासम्म भीआईपीहरूले उन्मुक्ति पाउने आशंका व्यक्त गरेको छ ।

पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा विरुद्ध पक्राउ पुर्जी नै जारी भएको छ । उता वहालवाला सचिव टेकनारायण पाण्डेले हिरासतको हावा खान थालेको झण्डै दुई हप्ता पुगेको छ । यद्यपी यहिवीचमा सत्ता पक्षकै नेता तथा पूर्व गृमन्त्री बालकृष्ण खाँणको पक्राउ परेपछि प्रहरीले आफ्नै गतिमा काम गरिरहेको आशा पलाएको छ । यो प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । यो प्रकरणमा पक्राउ परेका बिचौलियालाई हिरासतमा भेटेर कांग्रेस नेताहरुलाई बयानमा नपोल्न दबाब दिएको उनीमाथि आरोप छ भने सवैभन्दा पक्राउ पर्ने ठुलो हाईप्रोफाईल खाँण मै सिमिति बन्ने सम्भावना छ । पक्राउ परिसकेका पूर्व गृहमन्त्रीका वादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई मौन रहदाँ बादल र संगै जोडिने सम्भावना रहेका ओलीसम्म पुग्ने बाटो यहिबाट बन्द हुने संसय बलियो बनेकोछ । जसले प्रकरणबारे जारी अनुसन्धान सकाउन एक हप्ता बाँकी रहँदाअव पक्राउ भन्दा हिरासत पुगेकाहरू बाहिर निस्कने खेलको अध्याय सुरू भएको विश्लेषण छ ।
यस अघि पनि चर्चित भ्रष्टाचार प्रकरणको जरो नेतृत्वसम्मै पुग्ने र हाई प्रोफाईल पक्राउ पर्ने स्थिति हुँदा फाईल नै बन्द हुने गरेको थियो । विगतको उदाहरणले नै नक्कली शरणार्थी प्रकरण दुधको दुध पानीको पानी हुनेमा आशंका छ । जहाँ सत्ता र प्रतिपक्षको मिल्दै गएको स्वर,भागवण्डामा देखिएको सहमती र नाम जोडिएकोहरु माथि छानविन भन्दा उनीहरुकै ठुला स्वरले समेत यसलाई वल पुर्याईदिएको छ । माओवादी नेता राम कार्की समेत यो प्रकरणले सवैप्रति प्रश्न उठ्ने ठाँउ बनाइएदिएको स्वीकार्छन । जसले आम नागरिकमा नेतृत्वप्रतिको अविश्वास अझ बढ्ने उनको तर्क छ ।