Breaking

नक्कली शरणार्थी प्रकरण : आजदेखि बालकृष्ण खाँणको बयान


काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आजदेखि बयान हुने भएको छ ।

यसअघि सरकारी वकिल र प्रहरीले उनका निजी सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेको बयान आइतबार सकेको छ ।

योसँगै खाँणअघि पक्राउ परेका ११ जनाको बयान सकिएको छ । तर सरकारी वकिल कार्यालय र प्रहरीले आवश्यक परे थप बयान लिन सक्नेछन् ।

अब आजदेखि नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाँणको बयान थालिने भएको हो । जिल्ला अदालत काठमाडौँले यो मुद्दा अनुसन्धानका लागि खाँणविरुद्ध थप चार दिन समय दिएको छ ।

यसैबीच सोही प्रकरणमा फरार पूर्वउपप्रधानमन्त्री टोबहादुर रायमाझी पनि आइतबार साँझ पक्राउ परिसकेका छन् । योसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ ।