Breaking

टोपबहादुर समातिनासाथ विष्णु रिजालले भने : देशद्रोहको मुद्दा लगाउनुपर्छ


काठमाडौँ – नेकपा एमालेका नेता विष्णु रिजालले नक्कली भुटानी शरणार्थी प्रकरण ठगी, मानव बेचबिखन, संगठित अपराध र भ्रष्टाचार मात्र नभएर देशद्रोह पनि भएको बताएका छन् ।

यसैले यसमा संलग्न जोसुकै भए पनि देशद्रोहको मुद्दा लगाएर कडा कारबाही गरिनुपर्नेमा उनले जोड दिएका छन् । एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख रिजालको उक्त अभिव्यक्ति आफ्नै पार्टीका निलम्बित सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेको भोलिपल्ट बिहानै आएको हो ।

‘नक्कली शरणार्थी प्रकरण ठगी, मानव बेचबिखन, संगठित अपराध र भ्रष्टाचार त हुँदै हो, खासमा देशद्रोह हो’, रिजाल सामाजिक सञ्जालमा लेख्छन्, ‘नागरिकलाई जानजान ठग्ने अनि देशलाई अन्तर्राष्ट्रिय रूपमा बदनाम गर्नेहरूमाथि देशद्रोहको मुद्दा चलाउनुपर्छ। उप्रप्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव-जोसुकै होऊन्, कानुनको नजरबाट बराबर साबित गर्नुपर्छ ।’