खेलकुद

मलेसियामा सम्पन्न दौड प्रतियोगिताको उपाधि रसिला तामाङलाई


काठमाडौँ – मलेसियामा सम्पन्न ५० किलोमिटर दौड प्रतियोगिताको उपाधि नेपाली धावक रसिला तामाङले जितेकी छन् ।

एसिया ट्रेल मास्टरद्वारा आयोजित कोबोई मलाया क्लासिक महिला दौडमा धादिङको धुनिबेँसी नगरपालिकाकी रशिला तामाङ विजयी भएकी हुन् ।

निर्धारित दूरी ५ घण्टा ८ मिनेट ३२ सेकेन्डमा पूरा गर्दै उनले उपाधी जितेकी हुन् । रशिला टिम टी एट नेपाल र टी एट ग्लोबलका तर्फबाट उक्त दौड प्रतियोगितामा सहभागी भएका हुन् ।

रशिलाले यसअघि युरोपको दौडमा पनि स्वर्ण जितेकी थिइन् ।