Breaking

म्याद थपका लागि टोपबहादुरलाई अदालत लगिँदै


काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न आज अदालत लगिँदै छ ।

पक्राउ पुर्जी जारी भएपछि १० दिनदेखि फरार रायमाझीलाई प्रहरीले आइतबार राति बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । हिजै राति काठमाडौँ प्रहरी परिसर ल्याइएका एमालेका निलम्बित सचिव रायमाझीलाई आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराई प्रहरीले अनुसन्धानका लागि म्याद लिने भएको हो ।

रायमाझी पक्राउ परेसँगै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लाने भन्दै करोडौँ रकम ठगी गरेको अभियोगमा समातिनेको संख्या १३ पुगेको छ । सोही प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण रायमाझीभन्दा अघि नै पक्राउ परेर प्रहरीको हिरासतमा पुगिसकेका छन् । रायमाझीका छोरा सन्दीप पनि सोही प्रकरणमा पक्राउ परिसकेका छन् ।