Breaking

सीएनएनको उत्कृष्ट गन्तव्यको सूचिमा मुस्ताङ


काठमाडौँ – अमेरिकी सञ्चार माध्यम सिएनएनले सन् २०२३ को उत्कृष्ट गन्तव्यको सूचिमा मुस्ताङ पनि राखेको छ ।

सन् २०२३ मा घुम्न लायक विश्वका २३ वटा ठाउँको सूचि सार्वजनिक गर्दै सीएनएनले उपल्लो मुस्ताङको लोमाङथाङ गाउँको तस्वीरसहित मुस्ताङलाई १६ औं नम्बरमा राखेको छ ।

यो ठाउँ पदयात्राका लागि उत्कृष्ट रहेको सिएनएनले जनाएको छ । तिब्बतको नजिक रहेको लोमाङथाङ गाउँ पुग्दा अनौठो अनुभूति हुने छ । सीएनएनको सूचिको पहिलो नम्बरमा पश्चिम अष्ट्रेलियाको एउटा क्षेत्र छ । जहाँबाट गत महिनाको लागेको सूर्यग्रहण पूर्णरुपमा देखिएको थियो ।