Breaking

टोपबहादुर रायमाझी बूढानीलकण्ठबाट पक्राउ




काठमाडौँ – नेकपा एमालेका निलम्बित सचिव तथा साम्सद टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । उनी काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ परेका हुन् ।

रायमाझीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको थियो । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा उनीमाथि छ ।

पक्राउ पुर्जी जारी हुँदा रायमाझी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए । त्यहाँबाट बुटवल हुँदै काठमाडौं हिँडेका उनी फरार थिए ।