Breaking

यौन दुर्व्यहार आरोपमा पक्राउ परेका मदन राईविरुद्ध आज मुद्दा दर्ता गरिँदै


काठमाडौँ – यौन दुव्र्यवहार आरोपमा पक्राउ परेका खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन (शुभम) का संस्थापक मदन राईविरुद्ध आज अदालतमा मुद्दा दर्ता गरिने भएको छ।
उनकै फाउन्डेसनमा ७ वर्ष बसेर पढेकी एकजना १६ वर्षीया किशोरीले यौन दुव्र्यवहारको अभियोगमा उनीविरुद्ध शुक्रबार जाहेरी दिएपछि त्यही दिन खोटाङ प्रहरीले राईलाई पक्राउ गरेको हो।
हिजो शनिबार (सार्वजनिक बिदा) भएकाले आज राईविरुद्ध अदालतमा मुद्दा दर्ताका साथै म्याद थपको अनुमति लिइने खोटाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए।
आज हामी मदन राईविरुद्ध अदालतमा मुद्दा दर्ता गर्छौं र अनुसन्धानका लागि म्याद थप गराउँछौँ’, प्रहरी निरीक्षक कार्कीले आइतबार भने।
अहिले अभियुक्त राई खोटाङ जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।

उजुरी दिने किशोरीले शुभम फाउन्डेसनमा ७ वर्ष बस्दा मदन राईले पटकपटक शरीरमा हात हालेको, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने गरेको, आफ्नो गुप्तांग देखाएर छुन लगाएकोलगायत आरोप लगाएकी छन्।

यसअघि ७५ वर्षीय मदनले फाउन्डेसनमा राखिएका बालबालिकालाई लामो समयदेखि यौन दुर्व्यवहार गर्ने गरेको घटना सञ्चारमाध्यमले सार्वजनिक गरेको थियो। स्कुलको सहमति लिएर नौ वर्षअघि मदनले खोलेको उक्त फाउन्डेसनमा होस्टेल बनाएर बालबालिका राख्ने गरिएको छ।

राईविरुद्ध थप उजुरी भने नआएको खोटाङ प्रहरीले जनाएको छ।