Breaking

शरणार्थी प्रकरणले गम्भीर मोड लिँदै, भयंकर चलखेलमा केश ढिसमिस, खाँण र टोपबहादुरलाई उन्मुक्ति !


काठमाडौँ — नक्कली भुटानी शरणार्थी सम्बन्धि प्रकरण टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि मात्रै पेचिलो बन्दै गएको हो । तर उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । पछिल्लो १० दिनको अवधिमा बालकृष्ण खाँड पक्राउ पर्नुमात्रै ठूलो उपलब्धि बनेको छ । जसलाई पनि बचाउन शीर्ष तीन नेता सक्रिय बनेका छन् । बालकृष्ण खाँड पक्राउ परेकोतीनदिन वितिसक्दासमेत प्रहरीले बयान दिन सकेको छैन । पक्राउ गर्दा हतकडीमा छुट दिएपछि बरामद गरेको कागज खोसेर चपाएर निलेका खाँणले बयानमा प्रहरीको सहानभूति पाइरहेका छन् ।

यसले सडकतात्तिएका बेला भित्र के पाक्दैछ भन्ने गम्भीर प्रश्न खडा गरेको छ ।अनुसन्धानको गति र प्रमुख तीन दलका शीर्ष नेतृत्वको छट्पटी हेर्दा पूर्वगृहमन्त्री खाँड नै नक्कली भुटानी शरणार्थी प्रकरणका अन्तिम ठूला अभियुक्त बन्दैछन् । उनीबाहेक अर्काे व्यक्ति तानिने सम्भावना अब विस्तारै हराउँदै गएको छ । किनकि नाम जोडिएका र शंका गरिएका अन्य व्यक्तिलाई बचाउन शीर्ष नेताहरुआफ्नो प्रपञ्चमा ‘कामयाब’ बनेको लगभग पक्का छ ।

अहिलेको मुद्धा कमजोर बनाउन मुलतः तीन नेताको भूमिका प्रमुख छ ।कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पटक–पटक भेट्नुले पनि यहि संकेत गर्छ । जबकि प्रधानमन्त्री प्रचण्डको अविचलित इच्छाशक्तिबिना मुद्धाको छानबिन नै सम्भव छैन । तर एकले अर्काेलाई बचाएर एकबाट अर्काे जोगिन उनीहरु योभन्दा माथि मुद्धा बढाउने नियतमा छैनन् ।किनकि आरजुलाई पक्राउ गर्ने अवस्था बने देउवाले चाहेको एक मिनेटमै सरकार ढल्न सक्छ । फलतः प्रधानमन्त्री प्रचण्डले यति छिट्टै आफ्नो बहिगर्मन चाहेका छैनन् ।

उनीमाथिसमेत क्यानटोनमेन्टदेखि बुढीगण्डकीसम्मको भ्रष्टाचार आरोप रहेकाले एकलाई कारबाही गर्दा १० पटक सोच्नुपर्ने अवस्थामा प्रचण्ड छन् ।एमाले अध्यक्ष ओलीले आफ्नाविरुद्धमात्रै कारबाही केन्द्रीत भए बद्ला लिने संकेत सार्वजनिक मञ्चबाटै गरेका छन् । फलतः शीर्ष नेतृत्वबाटै सामसुम पार्ने कोशिसलाई तुहाउन अन्य दलको भूमिका अपरिहार्य छ ।यद्यपी छानबिन भइरहेकै मुद्धा संकटमा परेका बेला उनीहरु अन्य मुद्धाको बोझ थुपार्ने कुरा गरिरहेका छन् ।

बालकृष्ण खाँड पक्राउ परेपछि पत्नी मञ्जु खाँड कसुरदार रहेकोमा अपवादबाहेक दुईमत छैन । उनी निर्दाेष नै भएको भए भाग्नुपर्ने अवस्था पनि थिएन ।तर पतीलाई थुनाएर फरार अवस्थामा मञ्जु छिन् । उनी विदेशीने सम्भावना देखिएपछि निगरानी बढाएको प्रहरीको भनाइ छ ।मञ्जुसँगै नाम जोडिएकीदेउवापत्नी आरजु राणामाथि पनि आशंकाकै भरमा मात्र प्रश्न उठेको होइन । उनी दोषी वा निर्दाेष ? त्यसको निक्र्याेल छानबिनबाट मात्रै सम्भव थियो ।

तर छानबिन हुने छाँट नै छैन । किनकि पक्राउ परेका सचिव टेकनारायण पाण्डेले पोल खोलेपछि मात्रै खाँड पक्राउ परेका हुन् । उनले आरजुको नामसमेत लिएका थिए । तर बयान चलिरहेकै बेला आरजु र पक्राउ परेका सचिव पाण्डेलाई रानीपोखरी प्रहरी कार्यालयमा गोप्य भेटवार्ता गराउने काम एआईजी श्याम ज्ञवालीले गरेको विषय सतहमा छ। फलतः सरकारमा भएकै दलहरु पनि अनुसन्धानमा अविश्वास गरिरहेका छन् ।

दोषी नभएको भए एमाले सचिवसमेत रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी भाग्ने अवस्था थिएन ।भागेर समय गुजार्दा शीर्षले सेटिङ मिलाएर उम्काउने बुझेकै कारण उनी अहिलेसम्म सम्पर्कविहिन नै छन् । गिरोहको योजनागृहमन्त्रायलसम्म विस्तार हुँदा रामबहादुर थापा बादल गृहमन्त्री थिए । बालकृष्ण खाँड जति दोषी हुन् उत्तिकै प्रश्न बादलमाथि पनि छ ।

तर बादललाई आजसम्म पनि अनुसन्धानको दायरामा ल्याउन प्रहरीले प्रमाण भेटाएको छैन ।फलतः पक्राउ परेकाहरुमाथि मात्रै अनुसन्धान सकाएर मुद्धा दर्ताको तयारीले थप आशंका जन्माएको हो । पूर्वगृहमन्त्रीलाई पक्राउ गरेको विषयलाई मात्रै उपलब्धि बनाएर प्रहरी सफलता मनाउने ध्याउन्नमा छ । तथापी सकेसम्म मतियार खोज्न प्रहरी व्यस्त बन्दा मति भ्रष्ट शीर्ष नेतृत्वखुलेरै बचाउमा उत्रिएका छन् । फलतः उनीहरु रहेसम्म कुनै पनि भ्रष्टाचारका मुद्धाले मूर्त रुप पाउनेसम्भावना श्वास रहेसम्मको आशमात्रै बनेको छ ।