काठमाडौँ — केन्द्र, प्रादेशिकर स्थानीय सरकारबीचको तालमेल नमिल्दाविकास निर्माणसहितकाकामहरुमासमस्याभइरहेको छ । केन्द्रले आफू मातहत राख्नखोज्नु र पालिकाले स्वतन्त्रभएर कामगर्नखोज्ने प्रयासले विकास निर्माणसहितकाकामहरुमाद्धन्दबढ्दै गएको छ । स्थानीय, प्रादेशिक र संघ गरी ३ तहको सरकार गठनभएदेखि नै उनीहरुबीचकाम कारबाहीलाई लिएर विवादहरु सतहमाआइरहेका छन् । गाउँगाउँको सिंहदरबारको रुपमा रहेको स्थानीयतह स्वतन्त्रकामकारबाहीअघिबढाउनचाहन्छन् भने केन्द्र सरकार नियन्त्रणमा राख्नखोज्छ ।
काठमाडौं महानगरपालिका र धरानउपमहानगरपालिकासँग केन्द्र सरकारको तालमेल नमिलेको गतिविधिले पनि यो प्रमाणितगर्छ । केहीदिनअघिप्रधानमन्त्रीपुष्पकमलदाहालप्रचण्डलेकाठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई छलफलकालागिबोलाए । तर मेयर बालेन बैठकमा सहभागीभएनन् । त्यसअघिसिंहदरबारको फोहोरनउठाउनेनिर्णय गरेर मेयर बालेनले केन्द्र सरकारलाई चुनौतीदिए । तर, अदालतीप्रक्रियामार्फत मेयर बालेनको कदमलाई केन्द्र सरकारले कमजोर बनाउने कोसिस गर्यो । अझ सिंहदरबार नै काठमाडौं बाहिर सार्न भनेर मेयर बालेनले दिएको अभिव्यक्तिचर्चाकै केन्द्रमा रह्यो । यसले केन्द्र सरकार र स्थानीय सरकारबीचको बेमेल कुनहदसम्म छ भन्ने प्रष्टहुन्छ ।
धरानउपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो मेहनतको कदर नभएको भन्दै सामाजिक सञ्जालमागुनासो पोख्न छाडेका छैनन् । धराने जनताकालागिकामनगर्ने हो भने त्यस क्षेत्रका सांसद आउने बाटोमानिषेधित क्षेत्र भनेर लेखिने भनेर चेतावनीसमेत दिनभ्याए । हिजोआजचौतर्फी दबाब खेपिरहेका मेयर साम्पाङलाई पनि केन्द्र सरकारले आफूहरुलाई कामगर्न सहयोग नगरेको भन्ने लागेको छ । उनी लेख्छन्, दिन रातनभनेर धराने जनताको सेवामाजुटें, बजेटको काममात्रै होइनश्रमदानअभियानचलाएरै धेरै बिकास निर्माणकाकामहरु गरें त्यसैले आजहर्क साम्पाङ मूर्दावादको नारा घन्कियो । आजपाइपलाइनमा डढेलो समेत लगाइयो वा…भाइवा… धन्यवाद छ तिन्लाई जसले जनताको खानेपानीपाउने अधिकार खोसेर संधै भरि पानीको अभाव देखाई राजनीतिगर्न चाहेको छ वा… ।
यो उनले आफ्नो कामको कदर नभएको र कामगर्नेबाधाअवरोध भएको लेखेको स्टाटस हो । बालेन शाह र हर्क साम्पाङले केन्द्र सरकारमाथिपोखेको रिस स्थानीयतह र संघबीचतालमेल मिलेको छैनन भन्ने प्रमाणहो ।तर, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार आपसी सोझेदारीअगाडीबढनुको विकल्पनभएकोजानकारहरु बताउँछन् । संविधानमातीनै तहका सरकारका आआफ्नै कार्यक्षेत्र तोकिएकाभएपनि ऐन, कार्यविधि, निमावलीस्पष्टबन्ननसक्दा समस्याभइरहेको छ। ऐन, कानुन र नियमावलीका कारणतीनै तहका सरकार अन्योलमा रहँदाशक्तिबाँडफाँटमा समस्या रहेको छ । शक्तिबाँडफाँटका कारणजनताले पाउनुपर्ने सेवा सुविधाबाटवंचितहुनुका साथै सरकार संचालनमा समेत समस्याभइरहेको छ ।


प्रतिक्रिया