Breaking

भुटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैनः गोविन्द केसी


काठमाडौँ — काठमाडौंको नक्शालमा भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध शनिबार प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागी नागरिक अगुवा तथा चिकित्सक डा. गोविन्द केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरु पनि जोडिएको आशंका गरेका छन् । ठूला नेताको आड नपाई अरु नेताहरुले भ्रष्टाचारको हिम्मत नगर्ने उनको भनाइ छ ।

भुटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन । छानबिन विस्तृत हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, शीर्ष नेता पनि दोषी पाइयो भने उनीहरुलाई कारबाही हुुनपर्छ । देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ । शीर्ष नेता भ्रष्ट नभइकन ऊ भन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ’ उनले भने । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेका नेताहरु फरार हुनुले उनीहरु दोषी रहेको आशंकामा बल मिलेको केसीको भनाइ छ ।