काठमाडौँ – मोरङको बुढीगंगा गाउँपालिका- ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझी बिजुलीको हाई भोल्टेज प्रसारण लाइनको पोलमा चढेका छन् ।
उनी सडकमा निर्माण भइरहेको रिटेनिङ वाल निर्माणको काम गुणस्तरीय नभएको भन्दै १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका हुन् ।
उनले गुणस्तरहीन काम रोक्न माग गरेका छन् । गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् ।
उनी शनिवार बिहान ६ बजे पोलमा चढेको स्थानीयले बताएका छन् । उनी हाइटेसन लाइनको पोलमा चढेको साढे चार घण्टा भएको छ । अध्यक्ष र उपाध्यक्ष आएर आफ्नो माग सुनाइ हुने बातवरण बनाए मात्र उत्रिने बताउँदै आएको स्थानीय बताउँछन् ।
प्रतिक्रिया