Breaking

नेकपा एमाले स्थायी कमिटीको बैठक सुरु


काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरु भएको छ।

बैठक एमाले केन्द्रीय कार्यालय च्यासल मा केही बेरअघि सुरु भएको हो।

एमाले स्थायी कमिटीका सदस्य शेरबहादुर तामाङका अनुसार बैठकले केन्द्रीय कमिटी बैठकमा भएको समूहगत छलफलबाट प्राप्त सुझावका आधारमा वार्षिक कार्ययोजना बनाउनेछ।

‘अनि उक्त कार्ययोजना आजै बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ’, उनले भने।
आज दिउँसो १ बजे केन्द्रीय कमिटीको बैठक बस्ने र समापन गरिने उनले जानकारी दिए। पार्टी केन्द्रीय कार्यालयमा बिहीबारदेखि जारी एमालेको केन्द्रीय कमिटीको बैठक आज सक्न लागिएको हो।