Breaking

शुक्रबार स्थगित भएको एमाले स्थायी कमिटी बैठक आज बस्दै


काठमाडौँ – एमाले स्थायी कमिटी बैठक आज बिहान बस्दैछ । शुक्रबार स्थगित भएको बैठक आज बिहान ८ बजे बस्न लागेको हो ।

पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत विषयमा छलफल गरी कार्ययोजना बनाउन बैठक बस्न लागेको हो ।

पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा वार्षिक कार्ययोजना बनाउनेबारे पनि छलफल हुने तय भएको छ ।

एमालेले आगामी निर्वाचनलाई लक्षित गरी अहिलेदेखि नै कार्ययोजना बनाएर अभियान चलाउने तयारी गरेको छ ।