Breaking

टोपबहादुरलाई उठाउँदै प्रहरी, बालकोटको आड भत्किँदै, देउवा–ओलीको बेचैनी किन ? खाँणले खोल्दैछन् पोल !


काठमाडौँ — नक्कली शरणार्थी प्रकरणमा ठूला राजनीतिक दलका शीर्ष नेतृत्वको छटपटी आश्चर्यजनक छ । फलतः उनीहरुको छटपटीमाथि नै प्रश्न उठेको छ । के अनुसन्धानले सही बाटो समाएर कारबाहीको सम्भावना छ त ? देउवाका विश्वासपात्र बालकृष्ण खाँड प्रहरीको हिरासतमा पुग्दा ओलीको सम्पर्कमा रहेका टोपबहादुर रायमाझी अझै फरार छन् ।

टोपबहादुरविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै विजारोपण भएको नक्कली भुटानी शरणार्थीको भीआईपी जालो एकपछि अर्काे च्यातिँदै गएपछि ठूला राजनीतिक दलका शीर्ष नेताहरु संकटमा पर्दै गएका छन् । तथापी मुल प्रश्न एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि छ । किनकि बिहिबारमात्रै अध्यक्ष ओलीले घुमाईफिराई आफैतिर भनेझैं टोपबहादुर आफ्नै सम्पर्कमा रहेको आशय दिने अभिव्यक्ति दिएका छन् ।

ओलीको भनाइ अनुसार टोपबहादुरको नजिक रहेका एक व्यक्तिले टेलिफोन सम्पर्क गर्दै कानुनलाई सघाउन छिट्टै आत्मसमर्पण गर्ने खबर पु¥याएका थिए । त्यो छिट्टै भनेको समय बुधबार बेलुकासम्मका लागि थियो । तर ती व्यक्ति को थिए भन्ने विषय ओलीले खुलाउन चाहेका छैनन् । न त अनुसन्धानलाई सघाउन ती व्यक्तिको जानकारी प्रहरीलाई दिएका छन् । यता निकट भनेकै व्यक्ति संसद सचिवालय पुगेर टोपबहादुर बिरामी परेको पत्र बुझाउन भ्याइसक्दासमेत टोपबहादुरको ठेगाना खुलेको छैन । अहिले उनलाई खोज्ने जिम्मेवारी सीआईबीले उठाएको छ ।

उनी आफै सम्पर्कमा आए ठिकैछ, नत्र भारतसम्म फैलिएको सीआईबीले उठाउने पक्का छ । त्यसका लागि पहिले पत्र बुझाउन आएका व्यक्तिको खोजी गर्न सीआईबीले सिंहदरबारको सीसीटीभी फुटेज निरक्षण गरेको छ । तर हिजो माओवादी हुँदै अहिले एमाले र नक्कली शरणार्थीसम्म जोडिएका टोपबहादुरले एकै लटमा आर्दश, मूल्यमान्यता र चरित्र सबै भत्काएका छन् । किनकि कानुन निर्माणको जिम्मेवार तहमा रहेका सांसदले प्रहरीलाई सघाउनुको विकल्प थिएन । तैपनि भाग्दै हिडेपछि आफुमाथिको आरोप आफै प्रमाणित गर्न अघि बढेको पक्का बनेको छ ।

किनकि नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक पठाउने गिरोहलाई उर्जामन्त्री रहेकै बेला उनले गृहमन्त्रालयसम्म विस्तार गर्ने भूमिका खेलेका थिए । यसर्थ यो खेलका प्रमुख पात्र टोपबहादुर हुन् । उनलाई हदैसम्मको कारबाही गर्दा फरक पर्नेछैन । तर शक्तिकै आँडमा टोपबहादुरले बनाएको बाटोमा हिड्ने काम पूर्वगृहमन्त्री खाँडदेखि उनकी पत्नी मञ्जु र देउवापत्नी आरजुसम्म फैलिएको थियो । फलतः आरजु र मञ्जुमाथिसमेत प्रहरीले अनुसन्धान अघि बढाएको हो । मञ्जु अहिले फरार छिन भने आरजु हिजोमात्रै हेटौडा पुगेर साहसको गफ छाट्न सफल भएकी छिन् ।

देउवा – ओलीको निद्रा हराम हुनुका पछाडी उनीहरुका नजिक पर्ने वा नाता पर्ने मुछिएकै कारणमात्र छ त ? कि आफै मुछिने डर पनि छ ? किनकि बुधबारमात्रै पक्राउ परेका खाँडले आफुलाई भेट्न आएकासँग पार्टी सभापति देउवा नेतृत्वको सरकार भएकै बेला सबैकुरा सल्लाहमा गरिएको अनौपचारिक संवाद गरेका छन् । तर त्यही कुरा उनले बयानमा ओकले देउवा, आरजुमात्रै नभएर अन्य सत्तावादी दल पनि मुछिने सम्भावना छ ।

तर बुधबार बिहान पक्राउ परेका खाँडले शुक्रबारसम्म पनि बयान दिएका छैनन् । उनले बयान नदिनुको पछाडीको कारण के हो ? शंकाले हेर्न थालिएको छ । कि अन्य व्यक्ति पनि यसमा मुछिएको र उनीहरुको पक्राउ पर्खिएर खाँण बसेका हुन् ? यसतर्फ ध्यान मोडिएको छ । अनुसन्धानले सही बाटो समाए देउवादेखि ओलीसम्म कानुनी दायरामा आउनुपर्ने लख काटिएको छ । पछिल्लो पटक ओलीका स्वकिय राजेश बज्राचार्यको नामसमेत बयानमा उल्लेख भएको छ । यसैकारण ओली–देउवाको छटपटी बढेको विज्ञहरुको बुझाई छ ।

यो प्रकरणमा शक्तिशाली पात्र पक्राउ परेको र अझै शक्तिशाली पात्रमाथि आशंका रहेकाले केश रफादफा गर्ने सम्भावना बलियो छ । मुद्धा दर्ताकै क्रममा फरक/फरक अभियोजन लगाएर शक्तिमा रहेकाहरुलाई कम सजाय दिनसक्ने सम्भावना पनि छ । किनकि जाहेरीवालाभन्दा पक्राउ परेका शक्तिशाली छन् । फलतः जन दबाब यतिबेलाको आवश्यक्ता बनेको छ ।