Breaking

खाँण र टोपबहादुरको जेलयात्रा सुरु, मानव तस्करीमा १२ बर्ष जेल,साढे एक अर्ब फिर्ता गर्नुपर्ने, यस्तो छ अनुसन्धान


काठमाडौँ — नक्कली भुटानी शरणार्थी बनाएर ठूलो रकम असुली गर्ने गिरोहमाथि अनुसन्धान चलिरहेको छ ।फरार रहेकाहरुको खोजी, अरु संलग्न व्यक्तिहरुलाई पनि पक्राउ पुर्जी जारी गर्न आवश्यक प्रमाण जुटाउनुपर्ने लगायत कारण पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडसहितको बयान लिने काम आज भने हुन सकेन ।

अदालतको आदेश अनुसार हिरासतको समय सकिनै लाग्दा उनीहरुलाई फेरि म्याद थप गरेर अनुसन्धान अघि बढाउने अनुसन्धानमा खटिएकाअधिकारीहरु बताउँछन् ।यो प्रकरणमा मुछिएका राज्यसंयन्त्रका हाईप्रोफाइलहरुमाथि यदि दोषी ठहर भए के कति सजाय होला त ?
मानव तस्करीको संगठित जालोमा कमाउ धन्दा चलाएको आरोप लागेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई १० देखि १२ बर्ष जेल हुनसक्छ । यदि उनीविरुद्धठगि, जालसाजी वा संगठित अपराधको आरोपमा सजाय तोकियो भने ।

तर सरकारी दस्तखत किर्तेमा समेत प्रहरीले अनुसन्धान अघि बढाउने तयारी गरेको छ । किनकि खाँड गृह प्रशासनको नेतृत्वमा रहेका बेला राज्यसंयन्त्रको दूरुपयोग गर्दै आफ्नै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने मानवताविरुद्धको अपराध गरेका शंका छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँडसहित पक्राउ परेका १२ जना र पक्राउ पुर्जी जारी भएपछि फरार रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीसहितका आरोपीतविरुद्ध मुलतः चार मुद्धालाग्ने सम्भावना छ । संगठित अपराध, ठगि, जालसाजी र सरकारी दस्तखत किर्ते । अहिले संगठित अपराध र ठगि मुद्धामा अनुसन्धान भइरहेको छ । त्यसमाशरणार्थी सम्बन्धी गोप्य प्रतिवेदन नै किर्ते भएको र गृह मन्त्रालयको नामबाट नक्कली शरणार्थी परिचयपत्रसमेत जारी भएकाले त्यसमा किर्ते मुद्दा थपिने विज्ञहरु बताउँछन् । तर यसलाई कतिपय राज्यविरुद्धकै कसुर भन्छन्, बढीभन्दा बढी सजाय दिएर २० बर्ष जेल सजाय हुनुपर्ने मत बलियो छ ।

ठगी मुद्दामा सात वर्षसम्म कैद र ७० हजार सजाय हुने प्रावधान छ ।एकै व्यक्तिलाई एकभन्दा धेरै कसुर लगाउँदा जुन कसुरमा धेरै सजाय हुन्छ, त्यही लागू हुने व्यवस्था छ । यस किसिमको ठगी र लिखत किर्तेमा सात–सात वर्ष सजाय हुने प्रावधान छ । त्यसमा फेरि संगठित अपराधबापत थप ५० प्रतिशत सजाय थपिने छ ।तर उनीमाथि सरकारी ओहदामा बसेर ठगि धन्धा चलाएको आरोप छ । फलतः सरकारी ओहोदामा बसेर ठगी गर्नेविरुद्ध थप दुई वर्ष सजाय हुने कानुनी व्यवस्था छ । सबै अभियुक्तलाई न्यूनतम साढे १० वर्ष कैद सजायको सुरु हुनेछ ।

त्यसबाहेक ठगी मुद्दामा बिगो असुल गरी पीडितलाई भराउनुपर्ने व्यवस्थासमेत छ । यसको अर्थ शरणार्थीका नाममा भएको झण्डै साढे १ अर्ब ठगी प्रकरणमा सोही बमोजिमको बिगो असुली हुनेछ ।यो मुद्दामा जोडिएकामाथि भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर पनि आकर्षित हुनेछ । फौजदारी मुद्दा दायर भइसकेपछि थप अनुसन्धानका लागि अन्य कसुरमा पनि अनुसन्धान हुनेछ ।

संगठित अपराधमा ६० दिनको अनुसन्धान समय हुन्छ । त्यसपछि मुद्दा दर्ता हुन्छ । १२ वैशाखदेखि सुरु भएको अनुसन्धानमा शुक्रबारसम्म ४८ दिन पुरा भएको छ । बाँकी रहेको १० दिनभित्र अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालयमा बुझाउनुपर्छ । तर त्यो भन्दाअघि नै यसमा जोडिएका अझै हाईप्रोफाइलको खोजी भइरहेको छ । आरजु राणा, मञ्जु खाँड, रामबहादुर थापा बादल र प्रेमकुमार राई जस्ता व्यक्तिको नामसमेत जोडिएकाले मुद्धाले अझै तरंगित बनाउने सम्भावना छ ।